हाल देशमा आर्थिक संकट पर्नुका प्रमुख कारण स्वदेशी उत्पादनलाई भन्दा विदेशी उत्पादनलाई प्राथमिता दिनु एक प्रमुख कारण भएकाे वडा अध्यक्ष यहुन्ना राईले बताउनु भयाे ।
आज शनिबार आयाेजित एक कार्यक्रममा मकवानपुरको बागमती गाउँपालिका वडा नं १ का अध्यक्ष यहुन्ना राईले साे कुरा बताउनु भएकाे हाे ।
अध्यक्ष राईले भन्नु भयाे – हामीले स्थानीय स्तरमा उत्पादन हुने स्थानीय स्तरमा पाइने वस्तु र स्थानीय सीपमा आधारित वहुउपयाेगी सामग्रीहरूलाई बेवास्ता गर्ने विदेशी महंगा सामानहरू आयात गर्ने हाम्राे बानीले देशकाे अर्थतन्त्रमा समस्या आएकाे हाे ।
हामी जनजातिहरू बहुभाषी, बहुसाँस्कृतिक तथा कला, सीपकाे धनी छाैं । तर यसकाे संरक्षण, विकास र उपायाेगकाे लागि न हामी र हाम्राे समुदाय लागेका छाै नत केन्द्र , प्रदेश र स्थानीय सरकार नै लागेकाे छ , वहाँले भन्नू भयाे । अब सबै जातिहरूले स्थानीय सीप र कलाकाे संरक्षण गरी स्थानीय सामग्रीहरूकाे उत्पादन र उपायाेगमा जाेड दिन आग्रह गर्नुभयाे ।
जातिय पहिचानका लागि भाषा, कला, संस्कार , संस्कृति , भेषभुषा र सीपकाे महत्व रहेकाेले यसकाे संरक्षण, विकास र पुस्तान्तरणका लागि सबैलाई ध्यानाकर्षण गर्नुभयाे । तर अहिले पहिचान झल्काउने यस्ता कुराहरू लाेप हुनलागेकाेमा दु:ख समेत व्यक्त गर्नुभयाे ।
पहिचान विराेधीहरू सल्वालाई रहेकाेले पहिचानवादी जनजातिहरूलाई सजग रहन अध्यक्ष राईले सुझाउनु भयाे ।
आयाेजक समितिका संयाेजक विष्णुबहादुर राईकाे सभाध्यक्ष तथा किरात देवास राई उत्थान समाज नेपालका केन्द्रीय अध्यक्ष आशमान राईका प्रमुख आतिथ्यमा भएकाे साे कार्यक्रममा वडा अध्यक्ष यहुन्ना राई, समाजका केन्द्रीय उपाध्यक्ष श्यामबहादुर राई, रामबहादुर राई, ज्ञानबहादुर राई, महासचिव रामकुमार राई, सदस्य सुनिता राई, किरात राई यायाेक्खाका केन्द्रीय सदस्य विष्णुबहादुर राई, वडा सदस्य हस्तबहादुर थिङ, समाजका राैतहट जिल्ला अध्यक्ष निम राई, धादिङ जिल्ला अध्यक्ष गाेविन्द राई, मकवानपुर जिल्ला अध्यक्ष बद्रीबहादुर राई लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण समितिका सदस्य शान्तिकुमारी राईले गर्नुभएकाे थियाे भने देवास भाषामै स्वागत आनन्दकुमार राईले गर्नुभयाे ।
कार्यक्रममा देवास समुदायले प्रयाेग गर्ने परम्परागत सीपमा आधारित एवम् निर्मित देवास भाषमा नमाङ्कित सामग्रीहरू खाेस्री, बिन्दा, फिँफिँ, डाेका, पेंचा, छप्नी, पेङ्राे, हर, जुवा, चालन, छट्या, डेली, अठ्रा, चिठ्न्याथ, उखर, मुस्रा, छाँछाँ, ढाेक्चाे, छेङैरी, धेउर, ठंठ्रा, कुइनी, थाेंथ्री, झाझी, मुस्रा, ढेंकी, मुखरी, थाकर, सुइला, डाँर्याँ, गेद्री, छर्की लगायतका समग्री प्रदर्शन तथा सहभागीहरूबाट अवलाेकन गरेका थिए । साथै उक्त सामग्रीहरूकाे नाम तथा प्रयाेग र महत्व बारे आयाेजक समितिका संयाेजक विष्णुबहादुर राईले जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रम मकवानपुरको पूर्वि बागमती गाउँपालिकाकाे वडा नं १ माझगाउँमा भएकाे थियाे ।