आदिवासी जनजातिहरूकाे उत्थानका लागि स्थानीय सरकार गम्भीर हुनुपर्ने किरात देवास राई उत्थान समाज नेपालका केन्द्रीय अध्यक्ष आशमान राईले सुझाव दिनुभएको छ ।
किरात देवास राई उत्थान समाज नेपाल बागमती गाउँपालिका मकवानपुरको उभाैली कार्यक्रम संयाेजक समितिकाे आज अथवा शनिबार आयाेजित किरात देवास राई समुदायकाे भाषा, परम्परागत सीप सिकाइ तथा माैलिक खाना एवम् साँस्कृतिक झाँकी संरक्षण कार्यक्रममा साे कुराकाे सुझाव दिनु भयाे ।
स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार आदिवासी जनजातिहरूकाे भाषा, कला, संस्कार, संस्कृति , परम्परा, भेषभुषाहरू संरक्षण तथा विकासकाे लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने भएकाेले स्थानीय सरकारले साे सम्बन्धी आवश्यक बजेट विनियाेजन गर्नु पर्नेमा जाेड दिनु भयाे ।
कार्यक्रममा प्रदर्शन गरीएका देवास समुदायका परम्परागत सीप तथा कला संग सम्बन्धित सामग्रीहरू अत्यन्तै उपयाेगी र माैलिक भएकाे र ती सामग्रीहरूले समुदायकाे परिचय झल्काउने हुँदा देवास राई बसाेवास रहेका सबै जिल्लाहरूमा यस्तै खालका अभियान तथा कार्यक्रमहरू संचालन गर्न अध्यक्ष राईले आग्रह गर्नुभयाे । साथै कार्यक्रम आयाेजनका लागि स्थानीय सरकारले बजेट विनियाेजन गरी सहयाेग गरेकाेमा खुशी व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयाे । स्थानीय सरकारबाट आगामी दिनमा थप बजेट व्यवस्था हुनेमा आफू विश्वस्त रहेकाे अध्यक्ष राईकाे भनाई थियाे ।
आयाेजक समितिका संयाेजक विष्णुबहादुर राईकाे सभाध्यक्षमा भएकाे साे कार्यक्रममा वडा अध्यक्ष यहुन्ना राई, समाजका केन्द्रीय उपाध्यक्ष श्यामबहादुर राई, रामबहादुर राई, ज्ञानबहादुर राई, महासचिव रामकुमार राई, सदस्य सुनिता राई, किरात राई यायाेक्खाका केन्द्रीय सदस्य विष्णुबहादुर राई, वडा सदस्य हस्तबहादुर थिङ, समाजका राैतहट जिल्ला अध्यक्ष निम राई, धादिङ जिल्ला अध्यक्ष गाेविन्द राई, मकवानपुर जिल्ला अध्यक्ष बद्रीबहादुर राई लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण समितिका सदस्य शान्तिकुमारी राईले गर्नुभएकाे थियाे भने देवास भाषामै स्वागत आनन्दकुमार राईले गर्नुभयाे ।
कार्यक्रममा देवास समुदायले प्रयाेग गर्ने परम्परागत सीपमा आधारित एवम् निर्मित देवास भाषमा नमाङ्कित सामग्रीहरू खाेस्री, बिन्दा, फिँफिँ, डाेका, पेंचा, छप्नी, पेङ्राे, हर, जुवा, चालन, छट्या, डेली, अठ्रा, चिठ्न्याथ, उखर, मुस्रा, छाँछाँ, ढाेक्चाे, छेङैरी, धेउर, ठंठ्रा, कुइनी, थाेंथ्री, झाझी, मुस्रा, ढेंकी, मुखरी, थाकर, सुइला, डाँर्याँ, गेद्री, छर्की लगायतका समग्री प्रदर्शन तथा सहभागीहरूबाट अवलाेकन गरेका थिए । साथै उक्त सामग्रीहरूकाे नाम तथा प्रयाेग र महत्व बारे आयाेजक समितिका संयाेजक विष्णुबहादुर राईले जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रम मकवानपुरको पूर्वि बागमती गाउँपालिकाकाे वडा नं १ माझगाउँमा भएकाे थियाे ।