बाग्मती गाउँपालिका वडा न.७मा भूमिअधिकार मंच गठन भएको छ। भूमिअधिकार मंच मकवानपुरद्वारा आयोजना गरेको भूमी समस्या छलफल तथा भेलाबाट हेम बहादुर तितुङको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी गठन भएको छ।
बाग्मती गाउँपालिका वडा न.७ को प्राङ्गणमा भएको कार्यक्रममा वडा न.७ का सबै टोलबाट अव्यवस्थित ,भुमिहिन सुकुम्बासीहरुको उपस्थिती रहेको थियो। भूमिअधिकार मंच बाग्मती अध्यक्ष जय बहादुर वाइबाको सभाध्यक्षता रहेको कार्यक्रममा रास्टृय भूमिअधिकार मंच मकवानपुरको अध्यक्ष तथा प्रमुख अथिती मिरा स्याङ्तानले मन्तव्य राख्नु भएको थियो।मन्तव्य क्रममा ,अरु भन्दा पनि जनतालाई पुर्जा चाहिएको भन्दै त्यसको लागि सम्वन्धित निकायले विशेष चासो लिनु पर्ने बताउनु भयो।
पुर्ब जिल्ला अध्यक्ष यज्ञ बहादुर श्रेष्ठले यो विषयमा कुनै पार्टीले राजनीतिक दाउपेच बनाउन नहुने स्पष्ट पार्नु भयो। कार्यक्रममा भूमिअधिकार मंच बाग्मतीका अध्यक्ष जय बहादुर वाइबाले नवगठित कमिटीलाई टीका र खादा लाएर आगामी दिनमा राम्रो काम गर्न शुभकामना दिनु भयो। कार्यक्रम वडा अध्यक्ष उत्तर बहादुर भोलन, निबर्तमान अध्यक्ष डिल्ली प्रसाद घोरासाइनी ,मोहन बिक्रम बि.क,सदस्य अक्कल बहादुर घलान, सागर दर्लामी ,रामलाल थोकर ,फास्ट बहादुर श्रेष्ठ ,ज्ञान बहादुर भोलन लगायतको उपस्थिति रहेकोे थियो भने कार्यक्रमको सन्चालन रामकृष्ण श्रेष्ठले गरेका थिए।