बागमतीमा ८१ जनालाई अपाङ्गता परिचय-पत्र वितरण

२७ बैशाख, बागमती मकवानपुर ।

मकवानपुरकाे बागमतीमा सञ्चालन भएको अपाङ्गता परिचय-पत्र वितरण शिविरमा ८१ जनाले सेवा लिएका छन् ।  बागमती गााउँपालिका मकवानपुरकाे आयाेजनामा पालिकाकाे विभिन्न स्थानमा २५, २६ र २७ गते गरि ३ दिन शिविर सञ्चालन गरिएकाे थियाे ।

शिविरमा परिचय-पत्र लिएकाहरुमध्ये ४ जनाको अध्यावधिक र ७७ जनालाई नयाँ प्रमाण-पत्र प्रदान गरिएको छ । अध्यावधिक र नयाँ गरी रातो २२, निलो ३८, पहेँलो १७ र सेतो ४ वटा गरी जम्मा ८१ वटा प्रमाणपत्र प्रदान गरिएको बागमती गाउँ पालिकाका स्वास्थ्य संयाेजक दिनेश कुमार गुप्ताले जानकारी दिएका छन् ।

पालिकाले आ.व. २०७९/०८० काे स्वीकृत बजेट बमाेजिम “अपाङगता भएका व्यक्तिहरूकाे परिचय-पत्र वितरण कार्यक्रम” मिति २०८० बैशाख ५ गते शिविर सञ्चालन गर्ने निर्णय गरेकाे थियाे । साे अनुसार  २५, २६ र २७ गते तीन दिन शिविर सञ्चालन गरिएकाे थियाे । राईगाउँ केन्द्रमा २५ गते वडा नं. १ र २ बाट २१ वटा, फापरवारी केन्द्रमा २६ गते वडा नं. ६, ७, ८ र ९ बाट २९ वटा र झुरझुरे केन्द्रमा वडा नं. ३, ४ र ५ बाट ३१ वटा गरि जम्मा ८१ वटा अपाङ्गता परिचय-पत्र वितरण गरिएकाे थियाे ।

अपागङ्गता व्यक्तिहरुकाे परिचय-पत्र वितरण कार्यविधि- २०७५ अनुसार परिचय पत्र वितरण गरिएकाे प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जानकारी दिएकाे छ । त्यस्तै पालिकाले आवश्यकता अनुसार कार्यक्रम गरी वितरण गर्ने जनाएको छ । सिंहदरबारको अधिकार घरघरमा भन्ने नाराका साथ सरकारले स्थानीय तहलाई प्रदान गरेको अधिकारअनुसार पालिकाले परिचय-पत्र वितरण शुरु गरेको हो । परिचय-पत्र वितरण कार्यक्रममा पालिका उपाध्यक्ष फणिन्द्र कुमार कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, १ देखि ९ नं. का वडा अध्यक्षहरू, मेडिकल असिसटेन्ट डा. विजय कुमार गुप्ता, स्वास्थ्य संयाेजक दिनेश कुमार गुप्ता, राेजगार संयाेजक नगेन्द्र महताे, सि.अ.न.मी. सुजिता जिरेल, न्यायीक सहजकर्ता श्रीदेवी गाेले लगाएतकाे सहभागिता रहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *