काठमाण्डाैं ।
नेपाल कम्युनिस्ट पार्टी माओवादीको भातृ सङ्गठन जनसांस्कृतिक महासंघ बागमती प्रदेशकाे तेस्राे बिस्तारित बैठक सम्पन्न भएको छ ।
आज शनिवार केन्द्रिय पार्टी कार्यलय पेरिस डाँडा काठमाण्डाै स्थित जनसांस्कृतिक महासंघ बागमती प्रदेश अध्यक्ष विश्व दाेङको अध्यक्षता तथा माननिय बागमती प्रदेश सांसद एवम् बागमती प्रदेश पार्टी अध्यक्ष सरल सहयात्रीको प्रमुख आतिथ्यतामा भएकाे हाे ।
बैठकमा जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेश समिति र अङ्गिक संगठन जनकलाकार संघ बागमती प्रदेशकाे सर्कुलर वाचन र विभिन्न विषयमा छलफल गरिएकाे थियाे । बैठकले बागमती प्रदेश महासंघ समितिमा हालकै समिति यथावत रहने र जनकलाकार समिति चयनकाे लागि पुन: अर्काे वैठकबाट निर्णय गर्ने वर्तमान बागमती प्रदेश जनकलाकार अध्यक्ष सन्ताेष गुरुङले बताउनु भएकाे छ ।
बैठकलाई सम्वाेधन गर्ने क्रममा प्रमुख अतिथि एवम् बागमती प्रदेश सांसद सहयात्रीले माओवादीले दिएकाे समानताकाे बाेध नहुंदा माओवादी सिध्याउनु पर्छ भन्ने तत्वहरु सलबलाईरहेकाे बताउनु भएकाे छ । माओवादीले ल्याएकाे व्यवस्था जनतामाझ बुझाउन र जाेगाउन पार्टी पङती नै लाग्नु पर्ने वताउनु भएकाे छ ।
बैठकमा केन्द्रिय कार्यबाहक अध्यक्ष भिम कुमाखी, महासंघका केन्द्रिय कोषाध्यक्ष एवम प्रदेश इन्चार्ज बिमला के. सि., प्रदेश कमिटिका पदाधिकरीहरु, जिल्ला संयाेजक, अङ्गिक संगठन जनकलाकार का केन्द्रिय अध्यक्ष धनु घ्याङ्मी, जनकलाकार बागमती प्रदेश समितिका पदाधिकरी एबम विभिन्न जिल्ला समितिका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।