एमाले नेता घलान बागमती गाउँकमिटी अध्यक्षमा निर्वाचित ।

१८ बैशाख २०८०,सोमबार

बागमती सन्देश,

बागमती- मकवानपुर ।

 

 

नेकपा एमाले बागमती गाउँ कमितिकाे अध्यक्ष पदमा नर बहादुर घलान निर्वाचित भएकाे छ । हाेटल सुर्स्के थैली फापरवारीस्थित नेकपा एमाले बागमती गाउँ कमिटी मकवानपुरको दोस्रो गाउँ अधिबेशनबाट बागमती गाउँपालिकाको सालिन नेताको रुपमा परिचीत नर बहादुर घलान अध्यक्ष पदमा निर्वाचित भएकाे हाे ।
पदाधिकारी चयनमा विवाद भए पछि निर्वाचनद्वारा कमिटि चयन गरिएकाे थियाे । अध्यक्ष पदमा नर बहादुर घलान, उपाध्यक्ष पञ्चलाल भाेलन, सचिव विरेन्द्र गाेले सहित ३५  सदस्यीय गाउँकमिटी निर्वाचनबाट गठन गरिएकाे स्रोतले जानकारी दिएको छ।
अाज सोमबार फापरवारी स्थित हाेटल सुर्के थैलीमा नि: वर्तमान गाउँ कमिटी अध्यक्ष चन्द्र बहादुर राईको सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष एवम् पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेकाे प्रमुख अतिथ्यतामा अधिवेशन भएको हाे ।

 

अधिवेशनमा राम चन्द्र राई , प्रदेश कमिटी सदस्य छिरिङ दोर्जे पाख्रीन, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, नि बर्तमान गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, ६ नं. वडा अध्यक्ष टेक बहादुर डिम्डुङ, वडा कमिटी सदस्यहरु लगाएतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *