
बागमती, मकवानपुर ।
बागमती गाउँपालिका शिक्षा शाखाको आयोजनामा एक दिवसीय शिक्षा परामर्श सभा सम्पन्न भएको छ। अाज मकवानपुरकाे बागमती गाउँपालिका कार्यलको प्राङ्गण झुरझुरेस्थित बागमती गाउँपालिका सामाजिक विकास संयोजक कमान सिं पाख्रीनको सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामीकाे प्रमुख आतिथ्यतामा परामर्श सभा सम्पन्न भएको हाे ।
सभा सम्बोधन गर्दै माननीय पुलामीले शिक्षा क्षेत्रको नीति निर्माताहरुले अझै पुरानै शैली अपनाए हामी अझै पछि पर्ने बताए । नेपालको शिक्षाले सेवामुखी जनशक्ति मात्रै उत्पादन गरेको भन्दै अबको शिक्षालाई उद्पादनसंग जोडेर सबै नेपालीलाई आत्मनिर्भर हुने तर्फ लैजानु पर्नेमा जोड दिनु भयो।
त्यसै गरि शिक्षा विद प्राध्यापक डा. विद्या नाथ कोइरालाले आफ्नो अनुभव र वर्तमान अवस्थामा शिक्षकले निभाउनु पर्ने भुमिकाको बारेमा आफ्नो प्रशिक्षणात्मक धारण ब्यक्त गर्नु भयो । “समय सापेक्ष शिक्षकहरु अपडेट नभए शिक्षकले राम्रो शिक्षण गर्न सक्दैन” उहाँले भन्नू भयो ।
सम्वाेधनकै क्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले अब सबैले आ-आफ्नो क्षेत्रबाट राज्यलाई बिकासको गतिमा अगाडि बढाउन सहयोग गर्नु पर्ने र शिक्षा क्षेत्रको विकासमा पालिकाको तर्फबाट जस्तो सुकै सहयोग गर्न तयार रहेको अध्यक्ष घलानले प्रष्ट पार्नु भयो ।
शिक्षक ,वि.ब्य.स. र अभिभावक यी सबैको तृकोणात्मक सम्वन्धले मात्रै शिक्षामा गुणस्तरीयता ल्याउन सकिने वि.ब्य.स. संजालका अध्यक्ष सुनिता गोले खड्काले जिकिर गर्नु भयो ।
कार्यक्रमलाई प्रमुख अतिथिबाट ब्यानर पढेर उत्घाटन गर्नु भएको थियो । कार्यक्रममा श्रमजिवी युवा मञ्चका अध्यक्ष वीर बहादुर राइकाे स्वागत मन्तव्य राख्नु भएकाे थियाे । बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद राइले पालिकाको शैक्षिक स्थितीको बारेमा प्रतिबेदन सँगै कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे । सभामा बागमती गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, १ नं. वडा अध्यक्ष युहन्न राई , शिक्षक महासंघका अध्यक्ष वसन्त राई लगायत पालिका भित्रका ५० ओटै विद्यालय, विभिन्न संघसंस्था, बुद्धिजीवी, राजनीतिकज्ञ, जनप्रतिनिधि, प्र.अ., वि.व्य. स. तथा प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।को लगाएतकाे उपस्थिति रहेको थियो ।
