दुग्ध उद्पादक किसानहरूलाई उन्नत जातको गाई बितरण!

१६ बैशाख २०८० ,शनिबार

बाग्मती-

बाग्मती गाउँपालिका वडा न. २ राइगाउँमा  किसानहरुलाइ उन्नत जातको गाई बितरण गरिएको छ। राइगाउको पुर्ब टोल,बुर्कुश टोल,टाढी लगायतको टोलका किसानहरुलाई उन्नत जातको गाई बितरण गरिएको वडा न२ का अध्यक्ष जनक पहरीले जानकारी दिनु भयो।७०% अनुदानमा ३४ वटा उन्नत जातको  गाई पाए पछि त्यहाँ दुग्ध उदपादन गर्ने किसानहरु हर्सित भएको अध्यक्ष पहरीको भनाइ छ।” किसानको जिबन स्तरमा केही परिवर्तन ल्याउन सधैं लागि पर्नेछु” पहरीले भन्नू भयो।

बाग्मती गाउँपलिकाको  आर्थिक बर्ष २०७९/८० को बजेटबाट ६ लाख र वडाको बजेट सिलिङबाट १२ लाख किसान केन्द्रित कृषि कार्यक्रमको लागि बिनियोजन भैइ आएको रकमबाट वडा कार्यलय र राइगाउ दुग्ध बिकास सहकारीको सिफारीसमा  किसानलाई गाइ वितरण गरिएको बाग्मती गाउँपालिका पशु पन्छी बिकास शाखाको संयोजक तथा प्रमुख राजेन्द्र गोलेले जानकारी दिनु भयो।

वितरण भएको गाई तथा प्रधानमन्त्री  स्वरोजगार कार्यक्रमबाट भएको विभिन्न कामको गाउँपालिका अध्यक्ष सर्केश घलानले अनुगमन गर्नु भएको छ। किसानको जीवन स्तर उकास्क अझै यस्ता कार्यक्रमहरु संचालन र ब्यवस्थित बनाउने अध्यक्ष घलानले बाग्मती सन्देश डट्कमलाई  बताउनु भयो।

शनिबार बिहान भएको अनुगमनको क्रममा कृषि तथा आर्थिक बिकास संयोजक उत्तर बहादुर भोलान, भोर्लेनी दुग्ध बिकास सहकारी सस्थाको अध्यक्ष ज्ञान सागर भोलन ,भौतिक बिकास संयोजक दन्तलाल माझी ,कृषि बिकास शाखाको प्रमुख बिरेन्द्र समाल,  प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शाखा प्रमुख ,पशु प्राविधिक  तथा स्थानीय किसानहरु र वडा न.२ का  जनप्रतिनिधिहरुको उपस्थिती रहेको बाग्मती सन्देश डट्कम सम्बादाता आशिस  बलले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *