सामाजिक विकास मन्त्री मोक्तानले सार्वजनिक गरिन् चुनावी खर्च बिवरण !

११ बैशाख २०८०,सोमबार

मकवानपुर जिल्ला प्रदेशसभा २(१) बाट निर्वाचित बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो निर्वाचन खर्च बिवरण सार्वजनिक गरेकी छिन् । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा उनले आठ लाख ४९ हजार चारसय ९९ रुपैयाँ खर्च गरेको बिवरण सार्वजनिक गरेकी हुन् ।

नेकपा माओवादी केन्द्रबाट विजयी मोक्तानले निर्वाचन आयोगमा बुझाएको बिवरणमा मुख्य शीर्षकको खर्चमध्ये सबैभन्दा धेरै खर्च चुनाव चिन्ह झण्डा निर्माण र प्रचार प्रसारमा २ लाख ५३ हजार, गाडी भाडामा एक लाख ४३ हजार, कुर्सी टेवुल, साउण्ड सिस्टममा एक लाख २७ हजार, खाजा खानामा ९८ हजार सातसय रुपैयाँ खर्च भएको छ । त्यस्तै नमुना मतपत्र छपाई पर्चामा एक लाख ८० हजार, उम्मेदवार पर्चामा २० हजार, मतदाता नामावली र स्वस्तीक चिन्हमा १६ हजार, हाते पर्चामा २० हजार रुपैयाँ खर्च भएको आयोगमा बझुाएको खर्च बिवरणमा उल्लेख छ ।

त्यस्तै मकवानपुर प्रदेशभा २(१) का स्वतन्त्र उम्मेदवार प्रमोद गोपालीले पनि खर्च बिवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा ३६ हजार तीनसय रुपैयाँ खर्च गरेको निर्वाचन आयोगमा बुझाएको बिवरणमा उल्लेख छ । मकवानपुर प्रदेशसभा २(१) का अर्का स्वतन्त्र उम्मेदवार पदम बहादुर लामाले भने निर्वाचनमा आफुले खर्च नगरेको बिवरण सार्वजनिक गरेका छन् । उनले आयोगमा बझुाएको बिवरणमा आफुले निर्वाचनमा खर्च नगरेको भन्दै शुन्य खर्च बिवरण बुझाएका छन् ।
फोटो कुमारी मोक्तान ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *