राईगाउँ क्यान्टिन सडक थप मजमुद बनाउने प्रयास जारी!

१० बैशाख २०८० आइतबार

बाग्मती-
राईगाउँ क्यान्टिन सडक निर्माणको लागी १ करोड ४० लाख विनियोजन भएको छ। आ.व. २०७९/८० को संघिय समपुरक बजेटबाट राइगाउ क्यान्टिन सडक निर्माणको लागी बजेट बिनियोजन भएको वडा अध्यक्ष जनक पहरीले जानकारी दिनु भयो।

 

बागमती गाउँपालिका वडा नम्बर २ हुँदै जाने यो सडकले मकवानपुर र रौतहट जोड्ने मात्रै नभएर थप मजबुद बनाउन सके   आर्थिक तथा ब्यापारीक रुपमा फाइदा हुने देखिएको छ।


बैशाख १० गतेबाट सुरु हुने यस राइगाउ क्यान्टिन सडक निर्माणको जिम्मा निर्माण कम्पनी पुलामी एण्ड सन्स कन्ट्रक्सन लिएको वडा अध्यक्ष पहरीले बताउनु भयो। वडा न. २ बाट बैशाख १० गते सडक निर्माण कार्य उद्द्घाटन भएको र यश क्रममा जनप्रतिनिधि राजु तितुङ ,युवा समाजसेवी राजकुमार सेन्चुरी ,कृष्ण बहादुर श्रेष्ठ ,प्राबिधिक काशी रावल तथा स्थानीय वासीको उल्लेखनीय उपस्थिति रहेको स्रोतले जानकारी दिएको छ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.