
नेकपा माओवादी केन्द्रको साहयक संगठन वाइसीएल नेपाल बाग्मती गाउँ कमिटीले शुभकामना तथा बनभोज कार्यक्रम गरेको छ।बाग्मती -८ शान्तिपुरमा भएको यस कार्यक्रममा प्रमुख अथितीको रुपमा प्रदेश सभा सदस्य तथा सामाजिक बिकास मन्त्री कुमारी मोक्तान हुनु हुन्थ्यो भने कार्यक्रमको सभाध्यक्षा वाइसीएल बाग्मती गाउँ कमिटी अध्यक्ष आकास लोप्चनले गर्नु भएको थियो।
कार्यक्रममा विशेष अथितीमा माननीय प्रेम बहादुर पुलामी , प्रदेश कमिटी सचीवालय सदस्य भिम पाख्रीन , नेकपा माओवादी जिल्ला संयोजक तथा बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, बाग्मती पार्टी कमिटी अध्यक्ष अरुण बल , ycl मकवानपुर जिल्ला सचीव वीर बहादुर थिङ (मुक्ती )वडा अध्यक्ष न.४ का अध्यक्ष दन्तलाल माझी ,वडा न.१ को अध्यक्ष युहन्ना राई, वडा न.३ को अध्यक्ष कमान सिं पाख्रीन,वडा न. ५ को अध्यक्ष बिजय भोलन तथा सम्पुर्ण माओवादी निकट जनबर्गिय संघसंगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
माननीय मन्त्री मोक्तानले कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै अब युवाहरु उत्पादनमा लाग्नु पर्ने बताउनु भयो। लामो समय यहि बाग्मतिको माटोमा साङ्गाठानिक कामको सिलसिलामा बसेको अबगत गराउदै यो ठाउँको बिकासमा निरन्तर लाग्ने बताउनु भयो।यसै क्रममा माननीय प्रेम बहादुर पुलामीले गणतन्त्र ल्याउने रगत पसिना नबगाउनेहरुलाइ यो ब्यवस्थाको माया नभएको स्पष्ट पार्नु भयो। मन्तब्यकै क्रममा भिम पाख्रीनले भन्नू भयो अब वाइसीएल जनताको शुख दुखको साथी हुनु पर्छ।
यो देश भएको परिवर्तन र गणतन्त्र माथी कसैले खेल्न खोजे त्यो जनतालाई मान्य नहुने र जनताको अधिकारलाई कुनै शक्तिले हरण गर्न खोजे त्यसको विरुद्ध लड्न युवाहरूलाई अहवान गर्नु भयो।
प्रतिक्रिया दिनुहोस्: