बकैया ८ ले शुरु गर्यो सप्ताह ब्यापी अभियान ! अभियानमा विद्यार्थी भर्ना, ब्यक्तिगत घटना दर्ता र युवा सचेतना

बैशाख ८, २०८० शुक्रबार

बकैया गाउँपालिका वडा न.८ मा सप्ताह ब्यापी अभियान सुरु भएको छ। क्षेत्रफल हिसाबले मकवानपुर जिल्लाको सबभन्दा ठूलो गाउँपालिकाको रूपमा पनि बकैया गाउँपालिका परिचीत रहेकोे छ।


बकैया गाउँपालिका वडा न. ८ भित्र रहेकोे विद्यालयको शिक्षामा गुणस्तरीयता र वडा को साक्षरदर बढाउने र सबै समुदायलाई शिक्षाको पहुँच पुर्याउने उदेश्यका साथ यो अभियान चलाएको वडा अध्यक्ष बिष्णु नेगिले जानकारी दिनु भयो।


यस अभियानले गाउँको कुना कन्धरामा रहेको शिक्षाबाट बन्चित रहेको समुदाय र त्यो समुदायले वडामा हुने गरेका विभिन्न ब्यक्तिगत घटना दर्ता सम्वन्धी थप जानकारी प्राप्त गर्न सक्ने श्रोतले जानकारी गराएको छ। यस सप्ताह ब्यापी अभियानमा वडा न.८ को सचीव युवराज ठाडा लगायत अन्य कर्मचारीहरु तथा समाजसेवि ,बुद्धिजीवी ,शिक्षा प्रेमिहरुको पनि सहभागिता रहेको वडा अध्यक्ष नेगिले जानकारी दिनु भयो।


अभियानमा जनजागृती माध्यमिक बिद्यालय बकैया -८को पनि सहभागीता रहेको छ। बैशाख ८ गते बाट शुरु भएको यो अभियान ७ दिनसम्म चल्ने वडा ८ का अध्यक्ष बिष्णु नेगि जानकारी गराउनु भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *