आर्थिक रुपमा बिपन्न दलित परिवारलाई बाख्रा वितरण !

८ बैशाख २०८० ,शुक्रबार

बाग्मती गाउँपालिका वडा न.५ मा  दलित समुदायलाई उन्नत जातको  बाख्रा वितरण गरेको छ। आर्थिक रुपमा बिपन्न दलित घर परिवारलाइ केन्द्रित गरेर वडा न. ५ ज्यामिरेमा उन्नत जातको बाख्रा वितरण गरीएको वडा अध्यक्ष बिजय कुमार भोलनले जानकारी गराउनु भयो।

कार्यक्रम वडा अध्यक्ष बिजय कुमार भोलनको अध्यक्षतामा भएको थियो भने प्रमुख अथितीको रुपमा बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान रहेकोे थियो । विशेष अथिती जिल्ला समन्वय सदस्य तथा निर्वाचित जनप्रतिनिधि खड्क बहादुर पुलामी,वडा न. ४ को अध्यक्ष तथा भौतिक बिकास समिति प्रमुख दन्तलाल माझी (किरण ) रहनु भएको थियो भने साथमा अथिती कृषि बिकास शाखा प्रमुख बिरेन्द्र समाल ,पशु शाखा प्रमुख राजेन्द्र गोले तथा पशु चिकित्सक रहेको थियो।

बाग्मती गाउँपालिका वडा न.५को आर्थिक बर्ष २०७९/८० को बजेटबाट दलित उत्थान कार्यक्रम अन्तर्गत रु. १ लाख ५० हजार बिनियोजन भएको थियो। उक्त बिनियोजित बजेटबाट आर्थिक रुपमा बिपन्न ,गरिब दलित कृषकहरुलाई आंशिक रुपमा भए पनि आत्मनिर्भर बनाउने हेतुले बाख्रा वितरण कार्यक्रम गरिएको वडा अध्यक्ष बिजय कुमार भोलनले जानकारी गराउनु भयो।

यस दलित उत्थान कार्यक्रम अन्तर्गत २१ घर दलित परिवारलाई बाख्रा वितरण गरिएको थियो।दलित समुदायलाईआर्थिक,सामाजिक ,राजनीति रुपमा अधिकार सम्पन्न त बनायौ तर स्थापित गर्न अझै पुर्णरुपमा नसकेको भन्दै यसका लागि अझै संघर्श गर्नु पर्ने बताउनु भयो। शासक बर्गले गरि खाने बर्गलाइ अझै दास जस्तै सम्झिएको भन्दै अब गरि खाने समुदाय वा वर्गले उत्पादनमा जोड दिनु पर्ने प्रष्ट पार्नु भयो। बाग्मती गाउँपालिका सम्पूर्ण दलित लगायत किसान ,मजदुरको जीवन स्तर उकास्न र बिकासको निमित्त निरन्तर लागी रहने उहाँले बताउनु भयो।

मन्तव्य क्रममा पालिका भरीको खेतीयोग्य जमिनलाई कृषिजन्य बस्तु उद्पादनको लागि प्रयोग गर्न सके बाग्मतीको जनताको जीवन स्तर उकास्न निकै मद्दत पुग्ने विशेष अथिती पुलामीले बताउनु भयो। दिउँसो २:०० बजे सुरु भएको कार्यक्रम साझ ४:३० बजे सम्पन भयो।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.