

बैशाख ६, २०८० बुधबार ,
बाग्मती गाउँपालिका वडा न. ५ बाट श्रमदान गर्ने अभियान सुरु भएको छ। आफ्नो गाउँ आफैं बनाउ भन्ने उदेश्यका साथ बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान ज्यूको नेतृत्वमा श्रमदान गर्ने कार्य प्रारम्भ भएको हो।
आज खानेपानीको मुहान बचाउको लागी ग्याविन भर्ने काम भयो । वडा न.५ ज्यामिरेमा भएको यस श्रमदान कार्यमा गाउँपालिका अध्यक्ष सर्केश घलान ,मकवानपुर खेलकुद बिकास समिति उपाध्यक्ष अरुण बल ,वडा अध्यक्ष बिजय भोलन ,वडा अध्यक्ष दन्तलाल माझी ,निबर्तमान अध्यक्ष रहर सिङ थिङ, ycl अध्यक्ष शिक्षक कर्मचारी ,प्रहरी लगायत विभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो।
भोलि पनि श्रमदान कार्यमा सहभागी हुन सबै गाउँपालिका वासी युवा वर्गलाई आह्वान गरिएको छ। घरमा काम गरेर वा कार्यलय जानू अघिको केही बचेको समय सार्वजनिक कामको लागि लगाउनको लागी अनुरोध गर्नु भएको छ।
