प्रधानमन्त्री दहालद्वारा तराई -मदेश द्रुतमार्ग( फास्ट ट्रयाक )को अवलोकन तथा निरीक्षण !

बैशाख ५,मंगलबार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गर्नुभएको छ ।

 

मङ्गलवार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयाेजनाकाे रूपमा रहेकाे ‘फास्ट ट्र्याक’ अवलोकन एवम् निरीक्षण गर्नुभएको हो ।मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा न.५ राजदमार हुँदै जाने यस द्रुत मार्ग, निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयाेजनाकाे अहिलेसम्मको उपलब्धिबारे जानकारी लिनुभएको थियो ।

अवलाेकनमा प्रधानमन्त्रीसँगै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।प्रधानमन्त्री प्रचण्डको स्वागतको लागि बाग्मती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान ,प्रदेश सांसद माननीय प्रेम बहादुर पुलामी ,नेकपा माओवादी केन्द्र मकवानपुरको संयोजक तथा बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान ,बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री ,राक्सीराङ गाउँपालिक उपाध्यक्ष बनस्तव थिङ ,बाग्मती गाउँपालिका पार्टी कमिटी अध्यक्ष अरुण बल,बाग्मती ४ का अध्यक्ष किरण माझी

तथा बकैया वडा न. ८ अध्यक्ष बिश्वास नेगि वडा न. २ को अध्यक्ष सुभराज स्याङ्तान लगायतको जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाणडाैलाई तराई, मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको आयोजनाका रूपमा लिइएकाे छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.