चैत ३०,२०७९ बिहीवार
विवेक सिंतान
बाग्मती गाउँपालिका वडा न.६ मा सामुदायिक वन उपभोक्त समुह र स्थानीय जनप्रतिनिधि सहितको संयुक्त छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा न.६ भित्र रहेको १० ओटा सामुदायिक वनको पदाधिकारी र जनप्रतिनिधिहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रम वडा कार्यलयको सभा हलमा भएको थियो। दिउसो १:०० बजे सुरु भएको छलफल कार्यक्रममा वडा न.६ भित्र रहेको ७ ओटा सामुदायिक वनका पदाधिकारीहरुको उपस्थित रहेको बाग्मती संवाददाता विवेक सिंतानले जानकारी दिनु भयो।
सामुदायिक वनहरुले स्थानीय तहको पहिलो अंगको रुपमा रहेको वडा कार्यलयसंग कुनै सहकार्य नै नगरेको र अनावश्यक रुपमा बनबाट काठ कटनीसंगै काठ कटनी गर्नु पर्ने कुनै उदेश्य बिनानै वन उपभोक्त समूहबाट काठ निकाशा भैरहेको भन्दै यसकोबारेमा छलफल र अन्तरकृयाको लागी छलफल राखिएको अध्यक्ष टेक बहादुर डिम्डुङ्ले जानकारी दिनु भयो। यस संगै स्थानीय सरकारलाई बुझाउनु पर्ने रकम समेत स्थानीय राजस्व कार्यलयमा नबुझाएको भन्ने जानकारीमा आएकोले यसको बारेमा छलफल र त्यहाँ रहेका समस्यलाई निराकरण गर्न छलफल तथा अन्तरक्रिया राखीएको स्रोतले जानकारी दिएको छ।
छ्लफल तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरुले आ आफ्नो सामुदायिक वनको समस्य राखेको बताएको छ। हिउँदको बेला र लामो खडेरीका कारण जताततै डढेलो लागेको र त्यसको नियन्त्रण गर्न नसकेको बताएको छ। डढेलोको कारण बाग्मती गाउँपालिका भित्रका सामुदायिक वनलाई करोडौंको क्षती पुगेको स्रोतले जानकारी दिएको छ। आफ्नो वडा भित्रको सामुदायिक वनमा डढेलो लागिरहेको छ,तर बन समिति ,ठेकेदार र बनको कर्मचारीहरु भने पैसा कमाउने धन्दामा लागेको वडा अध्यक्ष डिम्डुङ्ले आरोप लगाएको बताएको छ।
बन जङ्गलमा जथाभावी प्रज्वलनशिल बस्तुहरु प्रयोग र जनचेतनाको अभावमा बन जङ्गलमा जताततै आगो सल्की रहेको सहभागीहरुले बताएको खबरबाट प्राप्त भएको छ । यस बारे स्थानीय सरकार मुख दर्शक बनेको बन समुहको पदाधिकारीहरुले गुनास पोखेको बताएको छ। यस कार्यक्रममा बैकुण्ठ सामुदायिक वन उपभोक्त समूह,बुद्ध दर्शन समुदायिक वन उपभोक्त समुह ,गोल्मेराजा सामुदायिक वन उपभोक्त समूह,महाङ्काल सामुदायिक वन उपभोक्त समूह,भैरव सामुदायिक वन उपभोक्त समूह,नमोबुद्द सामुदायिक वन उपभोक्त समूह लगायतको सामुदायिक वन उपभोक्त समितिको पदाधिकारीहरुको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।