बाग्मती गाउँपालिकाद्वारा ५०% अनुदान सहित पालिका बासी किसानलाई धानको बिउ वितरण गर्दै !

२८ चैत, २०७९ मंगलबार

विवेक सिंतान

बाग्मती गाउँपालिकाले ५०% छुट अनुदानमा धानको बीउ वितरण गर्ने भएको छ। आर्थिक बर्ष २०७९/०८० बाट  बिनियोजन हुने गरी  कार्यपालिकाको निर्णय अनुसार बीउ वितरण गर्न लागेको कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ।बाग्मती गाउँपालिकाको कृषि उत्पादन बढाउने उदेश्यले किसानलाई धानको बीउ वितरण गर्न लागेको कृषि बिकास शाखा प्रमुख बिरेन्द्र समालले जानकारी दिनु भयो।

सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यलयले  तोकेको रित पूरा गरेर बाग्मती गाउँपालिका कृषि बिकास शाखामा सम्पर्क गर्नु हुन गाउँपालिका बासी तथा यससँग सम्बद्ध सबैलाई  जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्: