बागमतीमा कृषकलाई घास कुट्क्याउने च्याप कटर मेसिन वितरण

बाग्मती गाउँपालिकामा किसानहरुलाइ घाँस कुट्काउने मेसिन च्यापकटर बितरण गरिएको छ। कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले बाग्मती गाउँपालिकाद्वरा किसानहरूलाई ७५% प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको कृषि शाखा प्रमुख बिरेन्द्र समालले जानकारी दिनु भयो।

बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आथित्यमा भएको च्यापटर मेसिन वितरण कार्यक्रममा गाउँ पालिका प्रशासकीय अधिकृत झम्क नारायण घलान, वडा ७ को अध्यक्ष तथा आर्थिक बिकास संयोजक उत्तर बहादुर भोलान, वडा न ४ को अध्यक्ष तथा भौतिक बिकास संयोजक दन्तलाल माझी( किरण ),पशु शाखा प्रमुख राजेन्द्र गोले ,समाजसेवी युवा नेता तथा मकवानपुर फुटबल संघको उपाध्यक्ष अरुण बल ,ycl मकवानपुर जिल्ला सचीव वीर बहादुर थिङ मुक्ति ,समाजसेवी नेता तथा भोर्लेनी दुग्ध बिकास लिमिटेड अध्यक्ष ज्ञान सागर भोलन,जन एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव केसि ,गिता आधारभुत विद्यालयका प्र.अ. रामहरि केसी लगायतको उपस्तिथि रहेको थियो।

घास कुट्क्याउने च्यापटर मेसिन वितरण कार्यक्रममा मन्तव्य राख्नु हुँदै , बाग्मती गाउँपालिका वडा न.५ भोर्लेनीबाट सुरु गरिएको यस प्रकारको कृषि सामाग्री वितरण कार्य पालिका भरीकै किसानहरुलाइ प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष घलानले बताउनु भयो। पालिका भित्र रहेको बेरोजगारी र परनिर्भरतालाइ अन्त्य गर्न कृषि क्षेत्रमा राज्यले लगानी बढाउने र किसानलाई सक्षम बनाउने लक्ष्य स्थानीय सरकारको रहेको उहाँले प्रष्ट पार्नु भयो ।

बाग्मती गाउपालिकाले यस आर्थिक बर्ष भरी पालिका भित्र को किसानहरुको गाई भैंसी बाख्रा आदि पशु स्वास्थ बिमा कार्यक्रम पनि सुरु भैसकेको पशु शाखा प्रमुखले जानकारी दिनु भयो। गाउँपालिकाबाट ७५% अनुदानमा च्यापकटर पाए पछि स्थानीय किसान निकै खुसी देखिएका छन। कार्यक्रम आफ्नो छोटो भनाइ राख्दै , आफ्नो गाउँ ठाउँमा नै बसेर थोरै लगानीमा जीवन गुजारा गर्न वा आर्थिक आय आर्जन गर्न काम गर्न लजाउन नहुने र श्रमलाई उत्पादनमा जोडेर अगाडि बढे जिबनलाइ सहज बनाउन सकिने उहाँले भन्नू भयो। अब २६ थान च्याप्टर मेसिनले २६ घरका किसानले रहत पाएका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *