बाग्मती-२,भिमबाध डोटे निउरेघारी नयाँ ट्र्याक सडक निर्माण सम्पन्न!

चैत २५,शनिबार २०७९
भिमबाध डोटे निउरेघारी सडक निर्माण सम्पन्न भएको छ।मकवानपुर जिल्लाको सुदुरपुर्वमा पर्ने भिमबाध हुँदै डोटे रामचुवा निउरेघारी सम्म नयाँ ट्रयाक सडक निर्माण स्थल बाग्मती गाउँपालिका वडा न. २ मा रहेको छ। प्रदेश सरकारको ५० लाख बराबरको आर्थिक अनुदान ,गाउँपालिकाको समन्वयमा यस मोटर बाटो निर्माण भएको गाउँपालिका कार्यलयले जानकारी दिएको छ। बिगत २०३५ साल देखि बसोबास गर्दै आएको डोटे,भिमबाध  निउरेघारी रामचुवाको जनताले सडक खानेपानी र विद्युतको अभावमा निकै कष्टपुर्ण जीवन गुजारा गर्दै आएको स्थानीय सामाजसेवी स्याम लामाले जानकारी दिनु भयो।सडक बाटो नहुदा बालबालिकाहरु बिद्यालयसम्म जान पनि निकै गर्हो रहेको बलले भन्नु भयो। अहिले निकै अप्ठ्यारो रहेको झन्डै ८ कि.मी. सडक निर्माण सम्पन्न पश्चात् बिजुली, बाटो , खाने पानीको ब्यवस्थापन पनि बिस्तारै हुँदै गरेको स्थानीय खिल बहादुर ठाडाले बताउनु भयो।बिगतमा धेरै दुख भोगे पनि स्थानीय सरकार आए देखि सरकार छ भन्ने महसुस भएको ठाडाले पुन थप्नु भयो। उहाँले भन्नू भयो”म ७४ बर्षको भए ,यो ठाउँको बिकासको लागी म मरीमेटेर लागेको छु अब युवाहरू पनि लाग्नु पर्छ।”।भौगोलिक हिसाबले निकै बिकट यस क्षेत्रमा विशेष गरि कोदो,मकै र बेसार आदिको उद्पादन हुने गरेको स्थानीयले जानकारी दिए। यस सडकको अनुगमनको लागि प्राविधिक टोली सहित गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फडिन्द्र तिमिल्सिना ,प्रशासकीय अधिकृत झम्क नारायण घलान ,पुर्ब बाग्मती गाउँपालिका प्रशासकिय तथा सामाजिक सेवी अधिकृत शुक्रमान राई ,वडा अध्यक्ष जनक पहरी ,अध्यक्षको स्वकीय मनोज बल ,सदस्य राजु लामा समाजसेवी राजकुमार सेन्चुरी र श्याम लामा लगायत  हुनु हुन्थ्यो।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.