सामरी खोलाको पुल समयमा नबन्दा ठेक्का नै रद्ध !

२३ चैत,बिहिवार २०७९- मकवानपुरको सामरी स्थीत सामरी खोलामा निर्माणाधिन रहेको पुल ( सामरी खोला प्री स्ट्रेसड ब्रिज) निर्माण कार्य पटक पटक समय थप गर्दा पनि सम्पन्न हुन नसकेपछी भौतिक पूर्बाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको छ । पूर्बाधार विकास कार्यालय चितवन र नागार्जुन—शंकरमाली जे.भी. बिच २०७२ सालमा सम्झौता भएको उक्त ठेक्का २०७४ सालमा निर्माण सम्पन्न हुनपर्नेमा २ पटक म्याद थप गर्दा पनि हालसम्म निर्माण कार्य अगाडी नबढाइएको भन्दै मन्त्रालयले ठेक्का रद्द गर्दै निर्माण कम्पनीलाई ३ बर्षको लागि कालोसुचीमा समेत राख्ने निर्णय गरेको हो ।
नागार्जुन—शंकरमाली जे.भी.ले समयअबधीभित्र निर्माण सम्पन्न गर्न नसकेपछी प्रथमपटक २०७५ साल चैत २६ गते ३ महिना ४ दिनको लागि समय थप गरिएकोमा काम हुन नसकेपछी २०७६ साल फागुन ८ गते पुनः १ बर्षको लागि समय थप्दापनि हालसम्म काम नभएकोले ठेक्का रद्द गर्नुपरेको भौतिक पूर्वाधार विकास मन्त्री युबराज दुलालले जानकारी दिनुभयो । जनताको जनजिवनसंग जोर्डिको विकासका पुर्वाधार निर्माणमा पटक पटक समय थप्दा पनि काम नभएपछी रद्द गर्नुको विकल्प नरहेको उहाँको भनाई छ । प्रदेश सरकारसंग पहुँचको आधारमा काम छल्ने कार्य अबको दिनमा अन्त्य हुने मन्त्री दुलालले दाबी गर्नुभयो ।
कार्यप्रगती सन्तोष जनक नभएको र मन्त्रालयमा बैठक बोलाउदासमेत निर्माण कम्पनी अनुपस्थित रहनुको साथै आफुले जिम्मा लिएको काममा चासो नदेखाइदिदा राज्यले लगानी गर्दा पनि सर्बसाधरणले दुःख भोग्नपर्ने अबस्था आएपछी ठेक्का रद्द गरेर अब उक्त कार्य नर्या निर्माण कम्पनीलाई दिंदै काम सम्पन्न गर्ने मन्त्री दुलालले जनाउनुभयो । सार्बजनिक खरिद ऐन२०६३ को दफा ५९ को उपदफा ७ अनुसारको कार्य गरेकाले ठेक्का सम्झौता अन्त्य गरिएको मन्त्रालयले जनाएको छ । पुलको सम्झौता अनुसारको लागत रकम ५ करोड ३७ लाख ९२ हजार ३ सय ५ रुपैंया ३० पैसा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्य सम्पादन जमानत बमोजिमको बैंक ग्यारेन्टी रकम रु. २६ लाख ९० हजार समेत जफत गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *