बाग्मती गाउँपालिकाद्वारा खेलकुद सामाग्री हस्तान्तरण !

बाग्मती गाउँपालिकाद्वारा खेलकुद सामाग्री वितरण गरेको छ। स्थानीय स्तरको खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप बाग्मती गाउपालिकाद्वारा सुतुरियो कराते तथा तेक्वान्दो खेल सम्वन्धि सामाग्रीहरु बितरण गरेको बाग्मती गाउँपालिका कार्यलयले जानकारी दिएको छ। खेल सामाग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान , गाउँपालिकाको प्रशासकीय अधिकृत झक्क नारायण घालन लगायतको उपस्थिती रहेको थियो। झन्डै ७४ हजार बराबरको खेलकुद सामाग्री ग्रहण ,एकीकृत डोजो पाथीभराका मुख्य प्रशिक्षक रामलाल थोकरले गरेको हो।खेलाडीहरुले खेलकुद सामाग्रीको अभावले धेरै असहज महसुस गरि रहेको अवस्थामा गाउँपालिका अध्यक्ष ज्युको यो कार्य प्रती आभारी छु थोकरले भन्नू भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *