स्थानीय सामुदायिक वन उपभोक्त महासंघको दोस्रो अधिवेशन सम्पन्न !

बुधबार,चैत २२, २०७९ मकवानपुर
बाग्मती गाउँपालिकामा सामुदायिक वन उपभोक्त महासंघ नेपालको दोस्रो स्थानीय अधिवेशन सम्पन्न।

वनको दिगो ब्यवस्थापनको लागि सामुदायिक अधिकार उद्यमशिलता र शसक्त संगठन समृद्धिको आधार”भन्ने मुल नारा सहित दोस्रो अधिवेशन सम्पन्न भएको छ। यस अधिवेशनको प्रमुख अथिती बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान थियो भने अधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष दल बहादुर राइले गर्नु भएको थियो। उदघाटन कार्यक्रममा सामुदायिक वन उपभोक्त महा संघ नेपाल मकवानपुरका जिल्ला अध्यक्ष सादुराम चौलागाईं ,सदस्य शंकर प्रसाद न्यौपाने ,निबर्तमान गाउपालिका उपाध्यक्ष धनमाया स्याङ्तान ,समाजसेवी खेम जर्घा सहित विभिन्न सामुदायिक बन उपभोक्त समितिको पदाधिकारीको उल्लेखनीय उपस्थिती रहेको थियो।आजको यस अधिवेशनले पुन दल बहादुर राइको संयोजगत्वमा स्थानीय महा संघ गठन भएको छ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.