चुनावि बाचा पुरा गर्दै माननिय पुलामी र अध्यक्ष घलान,

मंगलबार, चैत २१, २०७९
बागमती गाउँपालिका वडा न. ८ मा प्रदेश सरकारबाट आ.ब.२०७८/०७९ मा बिनियोजित २० लाख बराबरको २०० मिटर पक्की मोटर बाटो उदघाटन भएको छ। बिगत लामो समय देखी वर्षा याममा झेल्दै आएका समस्या निउरेनी सफल टोलका जनतालाई उक्त मोटर बाटो पक्की बने पछि केही राहत मिलेको मोटर बाटो निर्माण उपभोक्त समितिको अध्यक्ष सुमन थोकरले बताउनु भयो। स्थानीय , प्रदेश र संघको निर्वाचनको बेला जनतालाई गरेको प्रतिबद्धता सबै पूरा गर्न नसके पनि सकेसम्म प्रयास गरीनै रहने माननीय प्रेम बहादुर पुलामीले बताउनु भयो। यसै सन्दर्भमा गाउँपालिका अध्यक्ष सर्केश घलानले अब युवाहरू आफ्नो गाउँ आफैं बनाउन लाग्नु पर्ने भन्दै आबस्यक सहयोगको लागि स्थानीय सरकार तयार रहेको बताउनु भयो। उदघाटन कार्यक्रममा बाग्मती गाउँपालिका उपाध्यक्ष फडिन्द्र तिमल्सिना ,नेकपा माओवादी केन्द्र बाग्मती गाउँ कमिटी अध्यक्ष तथा मकवानपुर जिल्ला खेलकुद बिकास समितिको उपाध्यक्ष अरुण बल , प्रदेश कमिटी सदस्य लाल सिं सिंतान,कार्यपालिका सदस्य सुनिता नेगी, ycl बाग्मती अध्यक्ष आकाश लोप्चन लगायतको उपस्थिती रहेको थियो, भने माननीय प्रेम बहादुर पुलामी र गाउँपालिका अध्यक्ष सर्केश घलान दुबैले संयुक्त रुपमा रिबन काटेर मोटरबाटो उदघाटन गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *