बागमती गाँउपालिकाद्वारा खानेपानी सामग्री वितरण ।

मकवानपुरकाे बागमती गाउपालिका कार्यलयद्वारा वडा नं. ४ स्थित पाँचपाण्डपमा खानेपानी सामग्री वितरण गरिएकाे छ । ४ नं. वडा अध्यक्ष दन्तलाल माझीकाे सक्रियतामा पाँचपाण्डप माझीदमारका वासिन्दालाई आज १६ गते शुक्रवारका दिन खाने पानी सामग्री वितरण गरिएकाे हाे ।
पालिकाले ३२ एम एम को ६०० मिटर पाईप, २००० लिटरकोट्याङ्क, २ ईञ्चकाे पानी तान्ने माेटर २ थान  र कालो तार लगायतका सामानहरु वितरण गरिएको थियो। विगत देखि खानेपानीको समस्या झेल्दै आएका माझिदमारका वासिन्दाकाे मुहारमा खुसि छाएकाे छ । खानेपानिकाे समस्या अझै रहे पनि आजकाे सहयाेगले लगभग ८५ घर धुरीलाई लाभ मिल्ने स्थानिय युवा ताेप बहादुर जिम्बाले बताए । यस याेजना पालिकाकाे वजेट कितावमा समावेश नभए पनि काकाकुल माझीदमारका वासन्दाकाे समस्या तत्काल समाधान गर्न पालिका अध्यक्ष सर्केश घलानको विशेष पहलमा कार्यपालिकाले निर्णय गरि सामग्री वितरण गरिएकाे वडा अध्यक्ष दन्त लाल माझीले बताउनु भयाे ।

सामगी वितरण स्थलमा वडा अध्यक्ष दन्तलाल माझी, पत्रकार आशिष लामा बल, वाईसियल  वडा अध्यक्ष भुगोल माझी, सह-सचिव पन्चलाल लोप्चन, नेकपा माओवादी केन्द्रको टोल कमीटी अध्यक्ष आकाश लोप्चन, पन्चकन्या आविको शिक्षक बालकृष्ण स्याङ्तान, जितुमाया थिङ र पालिका प्राविधिक दिनेश बानियाँको उपस्थिति रहेकाे थियाे ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.