बागमती-८ शान्तिपुर मा अटो पल्टिदा ५ जना घाईते,

मकवानपुरकाे बागमती गाउपालिका शान्तीपुरमा अटाे पल्टिदा ५ जना घाईते भएका छन । आज दिउसाे १२ वजे तिर धरान चतरा सडक खण्ड शान्तिपुर स्थित ना १०६८ नम्बरको अटो पल्टिदा ५ जना घाईते भएकाे हाे ।

बागमती ठोटरि खोला देखि बिमारी बोकेर झुरझुरे तिर जादै गरेको अटो विपरित दिशामा बाँ बोकेर हिडेको एक जना वृद्ध ले बाँस सडकमा तेर्स्याउंदा बासमा ठोकिएर अटो पल्टेको इलाका प्रहरी कार्यलय फापरबारीले जानकारी दिएको छ । अटोमा सवार गर्ने वर्ष ३५ कि राधिका तामाङ, वर्ष ६२ का पैदलयात्री गोबिन्द राई, वर्ष ६८ को जुगुमाया गोले, वर्ष ६५ को वुद्धिमान दोङ चालक वर्ष ३२ को महेन्द्र ग्याबा समेत घाईते भएको थियो । घाईते मध्ये राधिका तामाङ गम्भिर घाईते भएकाे  भने अन्य जना सामान्य रहेको छ । अहिले घाईतेहरुलाई सान्भि हेल्थ पोलिक्लिनिक झुरझुरेमा उपचार गरिरहेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्: