सानीमा बैंक बागमती शाखाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता 

सानीमा बैंक लिमिटेड बागमती शाखाले विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । ‘ग्लोबल मनी वीक’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेकाे हाे ।
आज शुक्रबार मकवानपुरको बागमती गाउँपालिका वडा नं ८ स्थित जनता माविका कक्षा ११ र १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको शाखाका कर्मचारी दिपेन्द्र राेक्काले जनाएकाे छ ।
सहभागी विद्यार्थीहरूलाई वित्तीय सम्बन्धी भिडियाेहरू प्राेजेक्टरकाे माध्यमबाट प्रदर्शन गरी बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी गराइएको थियाे।
बागमती शाखा प्रमुख प्रकाश अधिकारीले सहभागीहरूबाट उठेका बैंकिङ सम्बन्धी जिज्ञासाहरूकाे समाधान गर्नुका साथै बैंकले सम्पादन गर्ने कामका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंक कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *