मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा छ्याेईसाङ स्याङतान तामाङले जित हाँसिल गरेकाे छ ।अखिल क्रान्तिकारीका सभापती पदका उम्मेद्वार छोईसाङ स्याङतानले स्ववियु सभापती जितेको हो! स्याङतानले लामो समय देखी अनेरास्ववियुको एक छत्र राजलाई तोड्न सफल भएका हुन् । यो सङ्गै अब मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नेतृत्व उदय भएको छ । अर्थात छोईसाङ स्याङतानले स्ववियुको नेतृत्व गर्नेछ ।
निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका नमराज शर्मालाई १३१ मतले पछि पार्दै अखिल क्रान्तिकारीका स्याङतानले नेतृत्व हात पारेको थियो। सभापतीका उम्मेद्बार स्याङतानले ८१३ मत प्राप्त गर्दा उहाँका निकतम प्रतिद्वन्दी शर्माले ६८२ मत ल्याए ।
अध्यक्षमा जित हासिल गरिसकेपछी स्याङतानले चुनावमा आफ्नो टिमलाई भोट हाल्नुहुने सबै बिद्यार्थीलाई धन्यवाद दिदै चुनावमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण पक्षलाई धन्यवाद दिए । साथै चुनाव जितिसकेपछि अझ जिम्मेवार थपिएको भन्दै समग्र बिद्यार्थी आन्दोलन, हक हित र अधिकारको पक्षमा नेतृत्वदायी भुमिका निर्बाह गर्ने साथै बिद्यार्थीको असल साथी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै सचिवमा उनकै प्यानलबाट बर्षाद घिमिरे बिजयी भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी उम्मेद्बार हिमानी कुमारी सुवेदी बिजयी भइन् । सदस्यहरुमा प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ रहेका छन् ।
त्यस्तै गरि बिजयी भएका सदस्यहरुमा नारायण पुडासैनी, सुजन सिल्वाल र राहुल डिम्डुङ रहेका छन्।
समानुपातिक मत परिणाम तर्फ पनि अखिल क्रान्तिकारी नेतृत्वको प्यानलले बढी मत ७८० प्राप्त गरि ५ सदस्य सुनिस्चित गर्न सफल भएकाछन् । अनेरास्ववियु नेतृत्वको प्यानलले ७६९ मत प्राप्त गरे ।
मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीसंग नेबिसंघ र राप्रपा बिद्यार्थी संघ गठबन्धनमा थिए भने अनेरास्ववियु , अनेरास्ववियू र बिप्लब क्रान्तिकारीसंगको गठबन्धनमा गरि दुई प्यानल भई बिद्यार्थी प्रतिस्पर्धामा होमिएका थिए ।