वाईसीएल बागमती गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट  लिग वाईसीएलको बागमती गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ ।

हिजाे मंगलवार सहिद स्मृति भवन झुरझुरे स्थित वाईसिएल बागमती गाउँ कमिटी पूर्व अध्यक्ष वीर बहादुर थिङकाे अध्यक्षतामा सम्मेलन भएकाे हाे । सम्मेलनबाट ५६ जना वाईसिएल गाउँ कमिटी चयन गरेकाे छ ।

बन्दसत्रको कार्यक्रममा बच्चु खड्का, ज्ञानसगर  भोलन र बुद्धिमान माझी गरी तीन जनाको निर्वाचन मण्डल खडा गर्दै ५६ जना वाईसियल बागमती गाउकमीटी चयन गरेको छ । गाउँ कमिटी पदाधिकारी चयनकाे लागि यहि चैत्र ३ गते बैठक बाेलाईएकाे बागमती सन्देश सहकर्मी विवेक सिंतानले जानकारी दिनुभएकाे छ ।

सम्मेलनका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी( छिन्तु) ले मन्तव्यका क्रममा पार्टीलाई प्रतिकृयावादीहरुले घेरा बन्दी गर्दै आईरहेकोले आम पार्टी पङ्तीहरु प्रतिकृयावादी विरुद्ध डटेर अगाडि बढ्न युवाहरुलाई सल्लाह दिदै नवगठीत कमिटिलाई शुभकामना दिनुभएकाे थियो ।     सम्मेलनमा विशेष अतिथि नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला अध्यक्ष तथा निर्वाचित पालिका अध्यक्ष सर्केश घलान, अतिथिहरु प्रदेश सदस्य बच्चु खड्का, वाईसियल केन्द्रीय सचिव सुमन पाख्रीन, प्रदेश कमीटी परिषद सदस्य कमान सिङ पाख्रीन, प्रदेश परिषद सदस्य तथा बागमती गाँउ कमिटी ईन्चार्ज ज्ञानसगर  भोलन, प्रदेश सल्लाहकार लाल सिङ सिङ्तान, जिल्ला वाईसियल अध्यक्ष लभराज ठकुरी, बागमती गाउँ  कमिटी अध्यक्ष अरुण बल, सचिव रहर सिङ थिङ, अनेरास्ववियु  (क्रान्तिकारी) मकवानपुर जिल्ला उपाध्यक्ष रोजल तामाङ लगाएतका अतिथिहरु उपस्थिति थियाे ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.