बागमतीमा विव्यस संजाल गठन, अध्यक्षमा खड्का

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा पालिका स्तरीय विद्यालय व्यवस्थापन समितिको संजाल गठन भएको छ l

शिक्षा, युवा तथा खेलकुद शखाको आयोजनामा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलामा संजाल गठन गरिएको हो l

आज अथवा फागुन २९ गते सम्पन्न पालिका स्तरीय सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाबाट श्री बागमती माध्यमिक विद्यालयकी  अध्यक्ष बच्चु खड्का गोले निर्विरोध निर्वाचित हुनुभएको हो l अध्यक्ष खड्का सहित १५ सदस्यीय विव्यस संजाल गठन भएको छ l संजालको उपाध्यक्षमा बलराम पुलामी, कोषाध्यक्षमा अक्कलबहादुर सिंतान, सचिवमा राम बहादुर दर्लामी, सहसचिवमा मोहन बिक्रम कामी र  सदस्यहरुमा डोरबहादुर थापा, शरण काजी श्रेष्ठ, श्याम लोप्चन, रेम बहादुर वाइबा, वीर बहादुर थोकर, हस्त बहादुर बोम्जन, विनोद बहादुर गोले, माइली माया दोङ र धन बहादुर माझी सर्वसम्मत चयन भएका छन् l

पालिको स्थानीय शिक्षा ऐन २०७४ को दफा ३६ मा व्यवस्था भए अनुसार उक्त समिति गठन गरिएको  पालिकाको  शिक्षा शाखा सहायक प्रमोदकुमार राईले जानकारी दिनु भयो l

गाउँपालिका अध्यक्ष  सर्केश घलानको प्रमुख आतिथ्य तथा पालिकाको सामाजिक विकास संयोजक एवम् वडा नं. ३ का  अध्यक्ष कमान सिं पाख्रिनको सभाध्यक्षमा  भएको उक्त भेलामा वडा नं. ४ का अध्यक्ष दन्तलाल माझी, वडा नं. ५ का अध्यक्ष विजय भोलन,  प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, विव्यस महासंघका केन्द्रिय सचिव देवी खड्का, केन्द्रिय संयोजक योग बहादुर थापा, शैक्षिक जागरण मंचका अध्यक्ष वीरबहादुर राई, शिक्षा नीति तथा अभ्यास केन्द्रका फिल्ड सहायक माइकल राई लगायत  पालिका अन्तर्गतका ५० वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यहरुको उपस्थिति रहेको थियो l

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.