बागमती गाँउपालिकाले शुभकामना आदन-प्रदान गरि महिला दिवस मनाए ।

बागमती, मकवानपुर ।

फागुन- २४, बुधवार ।

 

आज ८ मार्च अर्थात ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बागमती गाँउपालिकाले शुभकामना आदन-प्रदान तथा जनचेतना मुलक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ । ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ बागमती गाँउपालिकाले आफ्नै प्राङ्गनमा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
गाँउपालिका अध्यक्ष सर्केश घलानकाे प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य भगवती माझीकाे सभाध्यक्षमा कार्यक्रम भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि घलानले श्रमिक दिवशकाे शुभकामना दिंदै १० वर्षै महान जनयुद्ध र १९ दिने जनआन्दाेलनबाट प्राप्त भएकाे संविधान, संघियता, समावेशी, महिला अधिकार जस्ता उपलब्धिहरु जाेखिममा रहेकाेले यसलाई जाेगाउन आम नारीहरु सजग हुनुपर्ने बताउनु भएकाे छ । त्यसै गरि यस पालिकालाई आत्मानिर्भर बनाउन विशेष गरि महिलाहरुलाई सिपमुलक, दक्ष र याेग्य बनाउन पालिकाले विशेष नीति तथा याेजना तयार पार्ने र पालिका भित्रबाट उत्पादित वस्तुहरुलाई पालिकाले व्यबस्थापन गर्ने आशय व्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा बागमती गाँउपालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, प्रशासकीय अधिकृत झम्क नारायण घलान, १ नं.  वडाध्यक्ष यहुन्ना राई, नेकपा माआेवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य बच्छु खडका गाेले लगाएतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा जनता मावि फापरवारी विद्यार्थीहरुले बालविवाह सम्वन्धी जनचेतनामुलक नटक प्रदर्शन गरिनुका साथै सहभागी महिलाहरुकाे दाहाेरी गित समेतकाे प्रस्तुती रहेकाे थियाे ।

कार्यक्रममा सहभागी महिलाहरु

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।

आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।
नेपालमा भने नारी दिवस प्रजातन्त्र प्राप्तिसँगै मनाउन थालिएको हो । सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै नेपालमा नारी दिवस मनाउन थालिएको हो ।

धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । नारी दिवसको अवसरमा नेपाल सरकारले पनि सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *