धिरेन्द्र थापाको संयोजकत्वमा वाइसिएल बागमती ७ स्तरीय कमिटी गठन

बागमती । मकवानपुरको बागमती  गाउँपालिका वडा न.७ स्तरीय वाइसीएल कमिटी पुनर्गठन भएको छ। मंगलबार सम्पन्न भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटी अध्यक्ष अरुण बल तामाङले युवाहरूलाई उत्पादनसंग जोडेर समग्र गाउँपालिकाको बिकासमा अगाडि बढाउने र त्यसको लागि युवाहरूसंगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

निवर्तमान अध्यक्ष भिम बहादुर लोप्चनको अध्यक्षतामा भएको भेलामा माओवादी केन्द्र बागमती गाउँ कमिटी सदस्य तथा युवा ब्यवासाय टिकालाल श्रेष्ठ ,गाउँ कमिटी सदस्य लिला आले , गाउँ कमिटी सल्लाहकार सदस्य जित बहादुर भोलन ,वडा नम्बर ७ पार्टी कमिटी अध्यक्ष सुक बहादुर गोले, वडा सल्लाहकार चन्द्र बहादुर सिंतान लगायत उपस्थिति रहेको थियो।

भेलाले धिरेन्द्र थापाको संयोजगत्वमा १९ सदस्यीय वडा न.७ स्तरीय वाईसिएल कमिटी गठन गरेको छ। सचिवमा बिकास भोलन,कोषअध्यक्षमा सुस्मिता तितुङ रहनुभएको छ भने सदस्यहरुमा खड्क बहादुर लुङ्गेली ,रबिन थोकर,प्रतियुश रुम्बा,दिपक सिंतान,दिनेश थोकर,तिलक जर्घा ,लिला श्रेष्ठ ,मनोज थिङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *