राईगाँउमा गाई भैंसी पालन सम्वन्धी १ दिने तालिम ।

आशिष् वल ।

 

मकवानपुरकाे बागमती गाउँपालिका – २ राईगाँउमा आज गाई भैसी पालन सम्बन्धी १ दिने तालिम दिईएकाे छ । बागमती गाउपालिका पशुपन्छी शाखाको आयोजना र २ नं. वडा कार्यालय को समन्वयमा १ दिने पशु पालन सम्वन्धी तालिम दिईएकाे हाे । वडा कार्यलयकाे भवनमा भएकाे तालिम वडा अध्यक्ष जनक बहादुर पहरीकाे अध्यतामा भएकाे थियाे ।

उक्त तालिममा बोल्दै वडा अध्यक्ष जनक बहादुर पहरीले वडा भरीका ३४ जनालाई ७० प्रतिशत अनुदानमा गाईभैसी वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडालाई कृषिमा निर्भर गराउने र जनजिविकालाई आत्मानिर्भर वनाउन कृषिलाई प्राथमिकतामा राख्ने वताउनु भएकाे थियाे । साथै गाईभैसी वितरण पश्चात १०० लिटर दुध विक्री गर्न सक्ने कृषकलाई प्रोत्साहन स्वरुप रु १ लाख नगद द्वारा सम्मानित गर्दै कृषिमा व्यापक परिवर्तनको खाका तयार गर्नेसमेत बताउनु भएकाे थियाे ।
२ नं. वडा भरिका ५० जना भन्दा बढी कृषकहरुकाे उपस्थिति रहेकाे तालिममा बागमती गाउपालिका पशु शाखा प्रमुख राजेन्द्र गोलेले सहजिकरण गर्नुभएकाे थियाे । तालिममा वडा सदस्य राजु तितुङ लामा, वडा सदस्य कृष्ण श्रेष्ठ, बागमती गा.पा.कृषि शाखा प्रमुख बिरेन्द्र समाल, राईगाउ दुग्ध उत्पादन केन्द्रको अध्यक्ष , उपाध्यक्ष , सचिव, झुरझुरे दुग्ध उत्पादन केन्द्रको अध्यक्ष बिर बहादुर थिङ साथै स्थानिय पत्रकारहरुकाे अतिथ्यतामा तालिम सम्पन्न भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *