बागमती गाउँपालिकाका माझी समुदायले मनाए लदि पर्व (कोशी पूजा)

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाको बिभिन्न स्थानमा माझी समुदायले मंगलबार लदि ( कोशी) पूजा गरेका छन् । पालिकाको पाँचपाण्डब, बगेरी, लालभित्ती लगायत स्थानमा माझी समुदायले कोशी पूजा गरेका हुन्।

मुख्य पुजारी राम बहादुर माझिले बागमती खोलामा पूजा गर्दै लदि पर्व कार्यक्रमको शुरुवात गर्नुभयो । यस दिन उनिहरुले मिठा मिठा परिकार खाएर रमाईलो गरेर मनाउने गर्दछन् ।

सोही अवसरमा वडा नम्बर – ४ मा आयोजित माझी समुदायको संग्रहालय भवन उद्घघाटन गरिएको छ । प्रशासकीय अधिकृत झम्क नारायण घलानले संग्रहालय भवनको उद्द्घाटनसहित लदि पर्वको शुभकामना व्यक्त गर्नुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष दन्तलाल माझिको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडा सदस्य भुमिलाल माझी, उमेश माझी, जित बहादुर माझी, झरना माझी, दिर्ग मगर, लगाएतका उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *