जनजातिप्रति दमन गर्ने शासकको पक्षमा एकता दिवस मनाउनु गलत हो : छिन्तु

बागमती । बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी (छिन्तु) ले मगर दिवस, एकताको दिवस भएको बताउनु भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा आज आयोजित ४१ औं मगर स्थापना दिवसका अवसरमा सांसद पुलामीले भन्नुभयो,–‘मगर दिवस नै हाम्रो एकताको दिवस हो । तर केहि मान्छेले एकता दिवसको अर्थ लगाएर जनजातिप्रति दमन गर्ने शासकहरुको पक्षमा दिवस मनाइरहेका छन्, यो सरासर गलत हो ।’

सांसद पुलामीले सबै तहमा यस्ता गलत कार्य रोक्नुपर्ने बताउँदै मगर समुदायको दिवसलाई नै एकता दिवस मनाउन सरकारलाई सुझाब समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाका सबै जातजाति , भाषा, कला , संस्कार तथा संस्कृति संरक्षणका लागि सधैं प्रतिबद्ध रहेको जनाउनुभयो । उहाँले मगर समुदायको सम्मानमा आज सार्वजनिक बिदा दिइएको र आगामी दिनमा क्यालेण्डरमै बिदा राखिने जानकारी दिनुभयो

मगर संघ बागमती गाउँपालिका अध्यक्ष खड्कबहादुर पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा समाजमा योगदान पु¥याएको भन्दै मगर समुदायका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.