

मकवानपुर । मकवानपुरको बागमतीमा नेपालको प्रथम सहिद लखन थापाको शालिक सहित लखन पार्क निमार्ण गरिने भएको छ । आज ४१ औं मगर स्थापना दिवसको अवसरमा पार्क निमार्णका लागि जग्गा अधिग्रहण गरिएको निमार्ण समिति संयोजक खड्कबहादुर पुलामीले जानकारी दिनुभयो ।
संयोजक पुलामीका अनुसार पालिकाको वडा नम्बर ७ मा रहेको लामिटार र मन्साईबीच भागको करिब २ बिगाह क्षेत्रफलमा पार्क निमार्ण गरिनेछ । उक्त पार्कमा सभाहल, पिकनिक क्षेत्र, गौतम बुद्ध र शिवको मूर्ति समेत स्थापना गरिने बताउनुभयो ।
पालिकामा पर्यटकिय क्षेत्र विस्तारका लागि पार्क निमार्ण गर्न लागिएको उहाँको भनाई छ । अहिले जग्गा अधिग्रहण गरिएको र चाँडै नै तीनै तहका सरकारसंग बजेटसहितको योजना पेश गरिने पुलामीले बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद प्रेम बहादुर पुलामी (छिन्तु) ले आगामी आर्थिक वर्ष २०८०/०८१ म सांसद विकास कोष मार्फत शालिक र पार्क निमार्ण गर्न आवश्यक बजेट बिनियोजन गरिने बताउनुभयो ।
