आषिश वल
रामपुर, बागमती ।
त्रिशक्ति युवा क्लबद्वारा आयाेजित स्व. चन्द्रमान राई स्मृति कप फूटबल प्रतियाेगिताकाे खेल समापन भएकाे छ ।सन्तराम राईकाे सभाध्यक्षमा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी तथा बागमती गाउपालिका अध्यक्ष सर्केश घलानकाे विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम भएकाे हाे ।
समापन कार्यक्रमसँगै प्रतियाेगिताकाे उपाधि नवप्रतिभा युवा समाज वाेटगाँउले उठाईएकाे छ । रामपुर खेलमैदानमा मुन स्टार युवा क्लब लम्कना र नव प्रतिभा युवा समाज वाेटगाँउ बिच भएको फाईनल खेलमा २ – १ काे गाेल अन्तरले नवप्रतिभाले पहिलाे स्थान हाँसिल गरेकाे हाे । बिजेताले नगद रु. २ लाख प्राप्त गर्याे भने उपबिजेता ले १ लाख पाएको थियो ।
खेलको ३२ औ मिनेटमा नव प्रतिभा युवा समाज का आयुश नेगीले गोल गर्दै अग्रता लिएकाेमा ४० औ मिनेटमा नव प्रतिभाकै जर्सि १६ का अभिशेक भोलनले गोल गर्दै २-०काे अग्रतामा पहिलो हापकोको खेल सकेको थियो । दोश्रो हाफको ६५ औ मिनेटमा मुन स्टारका जर्सि ८ का अभि लामा ले पेनाल्टी सुटमा गोल गर्दै खेल २-१ मा समाप्त भएकाे थियाे ।
आजको खेलको सर्वोउत्कृष्ट खेलाडी , नव प्रतिभा युवा समाजका खेलाडी जर्सि ११ छेवाङ लामा घाेषित भए भने म्यान अफ दी म्याच नवप्रतिभा युवा समाजका जर्सि १६ का अभिसेक भोलन भएकाे थियाे । त्यस्तै बेस्ट डिफेन्डर जर्सि न.१२ विकास वाईबा भयो भने बेस्ट गोलकिपर जर्सि ९९ रोशन वाईबाले पायो । नवप्रतिभा युवा समाजका जर्सि १७ सुजन गुरुङले बेस्ट मिड फिल्डर पायो । पुरस्कार आजको समापन खेलका प्रमुख अतिथि प्रेम बहादुर पुलामी ले वितरण गर्नुभएको थियो । पुरस्कार वितरण सङ्गै समापनका क्रममा दोश्रो सस्करण पनि आयोजना गर्ने आयोजक अध्यक्ष सन्तराम राईले वताउनु भएकाे थियाे । समापन कार्यक्रममा अतिथिहरुलाई आयाेजकले मायाे चिनाे वितरण गरिएकाे थियाे ।