

राष्ट्रपति चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्किने अवस्थामा पुगेकाे भए पनि सत्ता गठबन्धन जाेगिने सम्भावना अझै रहेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने लिखित सहमति गरे नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादी तयार रहेको बुझिएको छ ।
माओवादी केन्द्रले सरकार आफूले पाँच वर्ष चलाउन पाउने सुनिश्चित भए १० पुसको सहमतिमा फर्कन सक्ने आशय देखाएकाे छ । माओवादी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा २६ पुसमा गरेको सम्बोधनबाट झस्केको छ । सरकारले विश्वासको मत लिएको दिन अध्यक्ष ओलीले आफूले दुईपटक गरेको संसद विघटन ठीक थियो भनेपछि प्रधानमन्त्री प्रचण्ड झस्केका थिए । साढे दुई वर्षपछि पुन: ओली त्यही विघटनको बाटोमा जान सक्ने भन्दै प्रचण्डले एमालेलाई राष्ट्रपति दिन नचाहेको बताइन्छ ।
आफूलाई पाँच वर्षका लागि नै प्रधानमन्त्री हुने लिखित सम्झौता ओलीले गरे प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति दिन तयार रहेको माओवादीका एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘पाँच वर्ष प्रचण्ड नै प्रधानमन्त्री हुने लिखित सम्झौता गरे एमालेलाई राष्ट्रपति दिने कुरा हुन्छ । नत्र हुँदैन । सभामुख, राष्ट्रपति र प्रधानमन्त्री एमालेको हुने गरी अब गठबन्धनसँगै जाँदैन । प्रधानमन्त्री पाँच वर्ष प्रचण्ड हुने सुनिश्चितता चाहियो ।’
एमालेको सभामुख र राष्ट्रपति भए पनि माओवादी आफू पाँच वर्ष प्रधानमन्त्री हुने र वाम गठबन्धन निरन्तर अगाडि बढाउने विकल्पमा पनि छलफल गर्ने तयारीमा माओवादी रहेको स्रोतले बतायाे ।
कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नबनाएपछि एमालेसँग पाँच वर्षसम्म मिल्ने गरी तयारी गरेको माओवादीले प्रधानमन्त्री पाएको १६ दिनमा नै कांग्रेससँग मित्रता बढाउनुमा ओलीको अभिव्यक्तिले काम गरेको माओवादीका नेताको भनाइ छ । उक्त भनाइ आफू प्रधानमन्त्री हुँदा पनि ओली लागू गर्ने योजनामा रहेको आशंका माओवादीलगायत सबै राजनीति दलहरूको रहेको माओवादीका एक नेता बताउँछन् ।
माओवादीले अहिले आफूले नोसरकार पाँच बर्ष नै चलाउने सुनिश्चिता खोजेको देखिन्छ । यसमा शक्ति बाँडफाँट पनि हुने र वामपन्थी गठबन्धन पनि टिकिरहने रणनीतिमा छ । यसका लागि अहिले पनि प्रचण्डले एमालेमाथि दबाब बनाइरहेका छन् । त्यही भएर प्रचण्डले आज पनि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत दलहरूसँग छलफल गरिरहेका छन् ।
उता कांग्रेस पनि आफ्नो पोल्टामा ढोक्सा पर्नेमा ढुक्क छ । तर, माओवादी केन्द्रका नेताहरू आफूले पाँच वर्ष सरकार चलाउन पाउने सुनिश्चिताको खोजीमा रहेको बताउँछन् ।
शिला पत्रबाट,,,,
