बागमती, रामपुर ।
त्रिशक्ति युवा क्लबद्वारा आयाेजित स्व. चन्द्रमान राई स्मृति कप फूटबल प्रतियाेगिताकाे फाइनलमा मुनस्टार युवा क्लव र नवप्रतिभा युवा क्लब प्रवेश गरेकाे छ ।
बागमती-१ रामपुर खेल मैदानमा आज भएकाे पहिलाे खेलमा ग्रामिण विकास युवा क्ललाई ३-० गाेल अन्तरले पाराजित गर्दै मुनस्टार क्लब, लम्कना फाइनलमा पुगेकाे हाे । खेलकाे पहिलाे हाफकाे ३९ औं मिनेटमा जर्सी नं. १३ का विमल घिसिङले पहिलाे गाेल गरेका थिए । दाेस्राे हाफकाे ९ औं मिनेटमा जर्सी नं १४ का आकाश मगर र १४ औं मिनेटमा अमर पाख्रिनले थप १/१ गाेल गरेका थिए । खेलकाे म्यान अफ दि म्याच मुनस्टार युवा क्लव जर्सी नं १३ का विमल घिसिङ घाेषित भए । उनले नगद रू १ हजार प्राप्त गरे ।
त्यस्तै दाेस्राे खेलमा नवप्रतिभा युवा क्लबले आयाेजक त्रिशक्ति युवा क्लबलाई ४-२ गाेल अन्तरले पाराजित गरेकाे थियाे । खेलकाे पहिलाे हाफकाे २६ औं मिनेटमा नवप्रतिभा युवा क्लका जर्सी नं ११ का छेवाङ लामाले पहिलाे गाेल गर्दै टीमलाई १-० गाेलले अग्रता दिलाएका थिए । खेलकाे ३८औं मिनेटमा आयाेजक क्लबका जर्सी नं ४ का विवेक थापाकाे फलवलमा नवप्रतिभाका जर्सी नं १६ अभिषेक भाेलनकाे फ्रिकिकबाट थप एक गाेल गर्दै पहिलाे हाफमा २-० ले अग्रता लिएकाे थियाे ।
खेलकाे दाेस्राे हाफकाे छैठौं मिनेटमा आयाेजक टीमका तर्फबाट जर्सी नं ११ का विश्व लामाले एक गाेल गर्दै गाेल अन्तर घटाएका थिए । तर नवप्रतिभाका जर्सी नं १७ का सुजन गरूङकाे ३६ औं मिनेटमा गरेकाे तेस्राे गाेलले ३-१ गाेलकाे अन्तर बनाए । खेलकाे ४६ औं मिनेटमा आयाेजक टीमका जर्सी नं १० का शुवराज गाेलेले एक गाेल फिर्ता गर्न सफल भए । खेलकाे अन्त तिर ४४ औं मिनेटमा नवप्रतिभाका खेलाडी जर्सी नं ७ का दिनेश घलानले पुन: थप गाेल गरेसंगै आयाेजक टीमलाई ४-२ गाेल अन्तरले पराजित गरेकाे हाे । खेलकाे म्यान अफ द म्याच जर्सी नं १७ का सुमन गुरूङ घाेषित भए । उनले नगद रू १ हजार प्राप्त गरे ।
यही फागुन १२ गते शुक्रबार दिन दिउसाे १ बजे मुनस्टार क्लब र नवप्रतिभा क्लब बीच फाइनल प्रतिस्पर्धा हुने आयाेजकका काेषाध्यक्ष किरण राईले जानकारी दिए ।
स्वर्गीय चन्द्रमान राईकाे सम्झना र सम्मानमा त्रिशक्ति युवा क्लबद्वारा आयाेजित
प्रतियाेगितामा प्रथम हुनेले नगद रू. २ लाख , ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद रू. १ लाख साथै सर्वाेत्कृष्ट खेलाडी, सार्वाधिक गाेल कर्ता, उत्कृष्ट गाेलरक्षक, सर्वाेकृष्ट डिफेण्डर, सर्वाेकृष्ट मिडफिल्डर, सर्वाेकृष्ट स्ट्राइकर, सर्वाेकृष्ट प्रशिक्षकले जनही नगद रू. ५/५ हजार प्राप्त गर्नेछन् । प्रतियाेगितामा विभिन्न जिल्लाबाट १३ टीम सहभागीता रहेकाे छ।