नेकपा एस निकट अखिलले मकवानपुरमा स्ववियू चुनावमा उम्मेद्वार उठाउने

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरले आगामी चैतमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) को चुनावमा जिल्लाका क्याम्पसहरुमा आफ्नो संगठनका तर्फबाट उम्मेद्वारहरु उठाउने निर्णय गरेको छ ।
आज मंगलबार अखिल मकवानपुरको चौथो पूर्ण बैठकले स्ववियू चुनाव हुने जिल्लाका विभिन्न सात वटा क्याम्पसमा आफ्नो संगठनबाट उम्मेद्वार उठाउने निर्णय गरेको हो ।
चुनावमा अन्य विद्यार्थी संगठनहरुसंग सहकार्यका अखिलका स्थायी कमिटी सदस्य सुलभ अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिती गरिएको छ ।
मकवानपुरमा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, पालुङ बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, बंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वनविज्ञान अध्ययन संस्थानमा स्ववियू चुनाव हुँदैछ ।
अखिलको बैठकलाई एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले सम्बोधन गर्दै स्ववियू निर्वाचनमा सशक्त रुपमा प्रस्तुत हुन निर्देशन दिए ।
बैठकमा पार्टीका केन्द्रिय प्रचार विभागका सदस्य रामकुमार एलन, पार्टी जिल्ला सचिवालय सदस्य एवं अखिलका केन्द्रिय नेता किशोर टन्डन लगायतको आतिथ्यता थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.