एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी एकता सहित राष्ट्रपति उम्मेदवारकाे प्रस्ताव गरेका छन ।

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच अाईतबार भएको भेटमा ओलीले राष्ट्रपतिकाे प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ।

भेटवार्तामा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको थियो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेको बताइएको छ।

यदि ओलीको प्रस्ताव नेपालले स्वीकार गरे पार्टी एकता त हुन्छ नै, एमालेको कांग्रेससँग संसदमा हैसियत बराबर हुन्छ। संविधानको धारा ७६ (३) मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ।

स्रोतका अनुसार पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक छन्। नेपाल राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार छन्। जसका लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने उनको अडान छ।

नेकपा एमाले विभाजन हुनुपूर्व सहकर्मी रहेका यी दुई नेता: ओली र माधवबीच पार्टी विभाजनपछि विवाद व्यक्तिगत तवरमै चुलिरहेको थियो। एक अर्काको सार्वजनिक रूपमा आलोचना गर्ने यी दुईबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले गत २०७८ को भदौमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए।

यता प्रमुख प्रतिपक्ष दल कांग्रेसले भने आफ्नो उम्मेदवार नै राष्ट्रपति बन्ने अडान सार्वजनिक रूपमै दिँदै आएको छ। प्रधानमन्त्री दाहालले पनि राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्छ भन्नु र कांग्रेसका नेताहरूसँग भेटवार्ता गर्नुले राष्ट्रपतिको निर्वाचन सत्तागठबन्धनको लागि खतरा भएको आंकलन गर्न सकिन्छ।

राष्ट्रपति विद्यादेवि भण्डारीको कार्यकाल अब सकिनै लाग्दा यही फागुन २५ गते नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। २५ गते हुने निर्वाचनमा राष्ट्रपतिको कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरे २६ गते पुन: निर्वाचन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन्।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.