बागमती । नक्कली युवा क्लब सिन्धुलीलाई पारजित गर्दै नव प्रतिभा युवा क्लब मकवानपुर मकवानपुरको बागमती गाउँपालिकामा जारी स्व. चन्द्रमान राई स्मृति कप फूटबल प्रतियाेगिताकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।
आज भएकाे खेलमा नव प्रतिभा युवा क्लबले र नक्कली युवा क्लबलाई ३-१ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेकाे हाे ।
खेलकाे पहिलाे हाफकाे ३८औं मिनेटमा जर्सी नं. १९ का प्रकाश माझीले पहिलाे गाेल गर्दै नक्कली युवा क्लबलाई १-० काे अग्रता दिलाएका थिए ।पहिलाे हाफसम्म १-० ले अग्रता लिएकाे दाेस्राे हाफमा फितलाे प्रदर्शनका कारण प्रगति गर्न सकेन । खेलकाे दाेस्राे हाफकाे १२ औं मिनेटमा नव प्रतिभा युवा क्लबका जर्सि नं १६ का खेलाडी आशिष माेक्तानले गाेल गर्दै आफ्नाे टीमलाई बराबरीकाे अवस्था फर्काएका थिए ।
त्यस्तै नव प्रतिभा कै तर्फबाट जर्सी नं ९ का सुरेन्द्र राईले ४३ औं मिनेटमा दाेस्राे गाेल गर्दै २-१ गाेलकाे अन्तरले अग्रता दिलाए । पुन: अन्तिम ४ मिनेटकाे थप समयलाई सदुपयाेग गर्दै ४६ औं मिनेटमा नव प्रतिभा युवा क्लबकै जर्सी नं ७ का खेलाडी तारा नेगीकाे थप गाेल संगै ३-१ गाेलकाे अन्तरले सहज जित हात पारे संगै क्वाटरफाइनलकाे यात्रा तय गरेकाे छ ।
आजकाे खेलकाे म्यान अफ दि म्याच नव प्रतिभा युवा क्लबका जर्सी नं १६ का आशिष माेक्तान घाेषित भए । उनले नगद रू १ हजार प्राप्त गरे ।
स्वर्गीय चन्द्रमान राईकाे सम्झना र सम्मानमा त्रिशक्ति युवा क्लबद्वारा आयाेजित उक्त प्रतियाेगिता बागमती गाउँपालिका वडा नं १ रामपुरकाे खेलमैदानमा भएकाे हाे ।
भाेलि ७ गते आईतबार पहिलाे खेल मध्यान्ह १२ बजे प्रकाश स्मृति क्ल र बकैया ग्रामीण एकता क्लब बीच हुनेछ भने दाेस्राे खेल काेपिला युवा क्लब र साततले युवा क्लब बीच अपरान्ह २ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियाेगितामा प्रथम हुनेले नगद रू. २ लाख , ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद रू. १ लाख साथै सर्वाेत्कृष्ट खेलाडी, सार्वाधिक गाेल कर्ता, उत्कृष्ट गाेलरक्षक, सर्वाेकृष्ट डिफेण्डर, सर्वाेकृष्ट मिडफिल्डर, सर्वाेकृष्ट स्ट्राइकर, सर्वाेकृष्ट प्रशिक्षकले जनही नगद रू. ५/५ हजार प्राप्त गर्नेछन् ।
प्रतियाेगितामा विभिन्न जिल्लाबाट १३ टीम सहभागीता रहेकाे र फाइनल खेल आगामी फागुन १२ गते हुने आयाेजक समितिले जानकारी दिए।