बागमतीमा स्व. चन्द्रमान राई स्मृतिकप फुटबल प्रतियोगिता आजबाट सुरु

बागमती  । मकवानपुरको बागमती गाउँपालिकामा आजदेखी स्व. चन्द्रमान राई स्मृति कप फूटबल प्रतियाेगिता सुरु भएको छ । उद्घाटन  खेलमा सहिद स्मृति क्लब झुरझुरे मकवानपुरले विजयी सुरूवात गरेकाे छ। सहिद स्मृतिले त्रिशक्ति युवा युवा क्लब (बी), कराैंजे मकवानपुरलाई टाइब्रेकरमा ४ -१ गाेल अन्तरले पराजित गर्दै आगामी यात्रा तय गरेकाे हाे ।

खेलकाे पहिलाे हाफकाे नवाैं मिनेटमा जर्सी नं. ११ का अरूण थिङले पहिलाे गाेल गर्दै सहिद स्मृति क्लब झुरझुरेलाई १-० काे अग्रता दिलाएका थिए ।

खेलकाे २९ औं मिनेटमा त्रिशक्ति युवा क्लबका जर्सि नं ११ का खेलाडी समीर तामाङले गाेल गर्दै आफ्नाे टीमलाई बराबरीकाे अवस्था फर्काएका थिए । निर्धारित समयमा १-१ काे बराबरी भएसंगै खेल टाइब्रेकरबाट सहिद स्मृति क्लबले नतिजा आफ्नाे पक्षमा पारेकाे हाे । जर्सी नं ७ का रियम थिङ र जर्सी नं १२ का संजिव धामीले गाेल गर्न नसक्दा त्रिशक्ति युवा क्लबले लजास्पद हार व्यहोर्नुपरेको हाे ।

आजकाे खेलकाे म्यान अफ दि म्याच सहिद स्मृति क्लबका गाेलरक्षक उमेश पाख्रिन घाेषित भए । उनले नगद रू १ हजार प्राप्त गरे ।
स्वर्गीय चन्द्रमान राईकाे सम्झना र सम्मानमा त्रिशक्ति युवा क्लबद्वारा आयाेजित उक्त प्रतियाेगिताकाे उद्घाटन प्रमुख अतिथि मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानबाट भएकाे थियाे ।

भाेलि ६ गते शनिवार पहिलाे खेल मध्यान्ह १२ बजे त्रिशक्ति युवा क्लब (ए) मकवानपुर र रतनज्याेति युवा क्लब सिन्धुली बीच हुनेछ भने दाेस्राे खेल नव प्रतिभा युवा समाज, मकवानपुर र नक्कली युवा क्लब, सिन्धुली बीच अपरान्ह २ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियाेगितामा प्रथम हुनेले नगद रू. २ लाख , ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद रू. १ लाख, ट्रफी र प्रमाणपत्र साथै तृतीय हुनेले नगद रू . ५० हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । साथै चाैथाे तथा सान्त्वना पुरस्कार २० हजार, सर्वाेत्कृष्ट खेलाडी, सार्वाधिक गाेल कर्ता, उत्कृष्ट गाेलरक्षक, सर्वाेकृष्ट डिफेण्डर, सर्वाेकृष्ट मिडफिल्डर, सर्वाेकृष्ट स्ट्राइकर, सर्वाेकृष्ट प्रशिक्षकले जनही नगद रू. ५/५ हजार प्राप्त गर्ने आयाेजक समितिका अध्यक्ष सन्तराम राईले जानकारी दिए । प्रतियाेगितामा विभिन्न जिल्लाबाट १३ टीम सहभागीता रहेकाे र फाइनल खेल आगामी फागुन १२ गते हुने आयाेजक समितिले जानकारी गरेकाछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *