बागमती सन्देश सँवाददाता
बागमती ( फागुन १ )
जनयुध्द दिवशकाे अवसरमा अाज मकवानपुरकाे बागमती गाँउपालिकाका विभिन्न स्थानमा दिप प्रज्वलन गरिएकाे छ । फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिनलाई सहिदकाे सम्झनामा जनयुध्द दिवशकाे रुपमा मनाउदै अाईरहेकाे छ । साे क्रममा पुर्वी मकवानपुरकाे बागमती- ४ झुरझुरे स्थित पार्टी कार्यलय अगाडि नेकपा माअाेवादी केन्द्रले दिप प्रज्वलन गरिएकाे हाे ।
उक्त कार्यक्रममा नेकपा माअाेवादी केन्द्र मकवानपुर जिल्ला अध्यक्ष एवम बागमती गाँउपालिका अध्यक्ष सर्केश घलान, नेकपा माअाेवादी केन्द्र बागमती गाउँ कमिटी सचिव रहर सिँ थिङ, वाईसिएल नेपाल मकवानपुरका जिल्ला सचिव मुक्ती लामा थिँ, एकीकृत समाजवादी पार्टी बागमती गाउँ कमिटी अध्यक्ष धनपति तिमल्सिना, नेकपा माअाेवादी केन्द्र बागमती ४ न. वडा कमिटी अध्यक्ष भुमिलाल माझी, नेकपा माअाेवादी केन्द्र बागमती-४ नं. पार्टी सचिव श्याम लाेप्चन लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
त्यसै गरि नेकपा माअाेवादी केन्द्र बागमती गाँउपालिका २ नं. वडाले पनि शहिदहरुकाे नाममा दिप प्रज्वलन कार्यक्रमकाे अायाेजना गरिएकाे छ । बागमती- २ राईगाँउ स्थित रहेकाे “राईगाँउ शहिदगेट” अगाडि दिप प्रज्वलन गरिएकाे हाे । उक्त कार्यक्रममा नेकपा माअाेवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य बच्छु खड्का गाेले, बागमती- २ का वडा अध्यक्ष जनक पहरी, बागमती १ का वडा अध्यक्ष यहुन्ना राई, पुर्व प्रमुख प्रशासकिय अधिकृत सुक्रमान राई, नेकपा माअाेवादी केन्द्र बागमती २ पार्टी कमिटी सचिव राज कुमार सिँचुरी, शिक्षक मगर सिँ पाख्रिन लगाएतकाे सहभागिता रहेकाे थियाे ।
अाज देश भर विभिन्न अवस्थामा रहेका माआेवादीहरुले २८अाैँ जनयुध्द दिवश मनाईरहेका छन । विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
१० वर्षसम्म चलेको माओवादी जनयुद्ध २०५२ साल फागुन १ गते सुरु भएको थियो । सोही दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।
जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको यो पहिलो पटक हो। सरकारले दिएको सार्वजनिक बिदाको भने केही दलबाट आलोचना भइरहेको छ ।