राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : आज एथ्लेक्टिस, कराँते, कबड्डी र काता खेलहरु सम्पन्न

बागमती । मकवानपुरको बागमतीमा जारी पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा आज एथ्लेक्टिस, कराँते, टिम ईभेन्ट्स अन्तर्गत कबड्डी र काता खेलहरु सम्पन्न भएका छन् ।

वडा नम्बर ४ झुरझुरेस्थित खेल मैदानमा भएको ३००० हजार मिटर दौडमा छात्रातर्फ देवकी मावि ५ ज्यामिरेकी निमा स्याङ्बो प्रथम, सूर्य मावि १ माझगाउँकी कविता घिसिङ द्धितिय र जनता मावि ८ शान्तिपुरकी रचना राना तृतिय भइनु । यसैगरी पुरुषतर्फ सूर्य मावि १ माझगाउँका पदम बहादुर घिसिङ प्रथम, बाघ भैरब मावि ९ बेतिनीका सुजन भोलन द्धितिय र जनता मावि ८ शान्तिपुरका भिषण राना तृतिय भए ।

यस्तै, १५०० मिटरको दौडमा छात्रातर्फ बागमती मावि २ राईगाउँकी मनु राई प्रथम, देवकी मावि ५ ज्यामिरेकी निशा स्याङ्बो द्धितिय र सूर्य मावि १ माझगाउँकी मनिता गोले तृतिय भइन् । छात्रतर्फ जनता माविका बिक्रम पाख्रिन प्रथम, सूर्य माविका बिराज सिङ्तान द्धितिय र सूर्य माविकै विकेश गोले तृतिय भए ।

८०० मिटरको दौडमा पुरुषतर्फ सूर्य माविका दशरथ भोलन प्रथम, देवकी माविका बिजय हिम्डुङ र पवन दर्लामी क्रमस द्धितिय र तृतिय भए । छात्रातर्फ वनदेवी आविका अनिता थिङ प्रथम, बागमती माविका कृषा राई द्धितिय र वनदेवी आविका सुस्मिता विक तृतिय भईन् ।

 

यसैगरी ४०० मिटरको दौडमा छात्रातर्फ सूर्य माविका प्रितिका राई प्रथम, देवकी माविका रिता थोकर द्धितीय र सूर्य माविका खेमकुमारी श्रेष्ठ तृतिय भईन् । छात्रतर्फ जनता माविका हरि राई प्रथम, बागमती माविका लिला बहादुर स्याङ्तान द्धितीय र सूर्य माविका रामबहादुर मोक्तान तृतिय भए ।

२०० मिटरको दौडमा छात्रातर्फ पञ्चकन्या आविका रस्मिला विक प्रथम, सूर्य माविका सुजाता बोलखे द्धितीय र पञ्चकन्या आविका अनिशा पहरी तृतिय भईन् । छात्रतर्फ देवकी माविका विजय घिसिङ प्रथम, सूर्य माविका सिद्धान्त दर्जी द्धितीय र जनता माविका अराज श्रेष्ठ तृतीय भए ।

यसैगरी, १०० मिटरको दौडमा छात्रातर्फ सूर्य माविका आतरी बोम्जन प्रथम, ज्ञान मन्दिर आविका प्रेमिका माझी दोस्रो र देवकी माविकी रिता थोकर तृतिय भईन् । छात्रतर्फ देवकी माविका अजय हिम्डुङ प्रथम, बागमती माविका अभिषेक राई र सूर्य माविका रवि जिम्बा तृतिय भए ।
कबड्डीमा छात्रातर्फ जनता मावि प्रथम र पञ्चकन्या मावि द्धितीय भएको छ । पुरुष कातातर्फ चौराह माविका विकास दोङ, सरगम लोप्चन र युकेश लोप्चन क्रमस प्रथम, द्धितीय र तृतिय भए । उत्कृष्ट पुरुष खेलाडीमा सूर्य माविका विराज सिङ्तान भए ।

४५ केजी महिला कातातर्फ चौराह माविका शुसिला थोकर प्रथम, जनता माविका करिना थोकर द्धितीय र जनता माविकै गङ्सा थोकर तृतीय भइन् । ५० केजी महिलातर्फ देवकी माविका रविना स्याङ्तान प्रथम, सूर्य माविका खेमकुमारी श्रेष्ठ द्धितीय र जनता माविका मनिका कुमारी थोकर तृतीय भईन् । महिलातर्फको कातामा चौराहा माविका आयुष्मा थोकर, श्रेया भोलन र अनुष्का लोप्चन क्रमस प्रथम , द्धितीय र तृतीय भईन् । उत्कृष्ट महिला खेलाडी देवकी माविका रविना स्याङ्तान भईन् ।

४२ केजी पुरुषतर्फको कराँतेमा पञ्चकन्या माविका प्रविन लोप्चन प्रथम, पञ्चकन्या माविकै लारसाङ मोक्तान द्धितीय र जनता माविका बिनुप दाहाल र सूर्य माविका सुशान्त राई क्रमस तृतीय भए । ४७ केजी पुरुषतर्फ सूर्य माविका विराज सिङ्तान र निरज राई क्रमस प्रथम र द्धितीय र जनता माविका विराज सिङ्तान र सूर्य माविका राज गोले क्रमस तृतीय भए । ५२ केजीतर्फ चौराहा माविका विकास दोङ प्रथम, सूर्य माविका दिनेश थिङ द्धितीय र सूर्य माविका निशान राई र बागमती माविका यसकुमार राई तृतीय भए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *