मकवानपुरको बागमतीमा आजदेखी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

 

आषिश वल (बागमती सन्देश संवाददाता)

मकवानपुरकाे बागमती गाँउपालिकामा आज देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु भएकाे छ । बागमती गाँउपालिकाका अध्यक्ष सर्केश घलानकाे प्रमुख आतिथ्यता र वसन्त राईकाे सभाध्यक्षतामा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता बागमती गाँउपालिकाकाे खेल मैदान झुरझुरेमा सुरु भएकाे हाे ।
उदघाटन समाराेह सम्वाेधनका क्रममा प्रमुख अतिथि एवम् बागमती गाँउपालिका अध्यक्ष सर्केश घलानले बिद्यार्थीहरुकाे प्रतिभालाई प्रस्फुटन गर्ने वतावरणकाे सिर्जना गर्न यस पालिकाले अझ व्यवस्थित ढँगमा अगाडि बढ्ने वताउनुका साथै सम्पुर्ण विद्यालयलाई यस कार्यमा सहभागी हुन अनुराेध गर्दै सहभागी विद्यालय र खेलाडीलाई सेवा सुविधाकाे पनि व्यवस्था गर्ने वताउनु भयाे ।

मन्तव्यकै क्रममा बागमती गाँउपालिका सामाजिक विकास शाखा संयाेजक एवम् ३ नं. वडाध्यक्ष कमान सिं पाख्रिनले विद्यार्थीहरु यस यस गाँउपालिकाका प्रतिभा, भविष्य, शान र पहिचान भएकाले नहिच्किचाई ईमान्दारपुर्वक आफ्नाे प्रतिभा प्रदर्शन गरी अर्काे एउटा पहिचान दिन शुभकामना समेत दिनु भएकाे थियाे ।

उद्घाटन कार्यक्रममा बाघभैरभ मा.वि. बागमती -९ का कक्षा १० अध्ययनरत छात्रा मञ्जु पाख्रिनले “स्थानिय सरकार” शिर्षकमा कविता वाचन गरेकी थिईन ।  ३ नं. पुर्व वडाअध्यक्ष वलबहादुर पाख्रिनले छात्रा मञ्जु पाख्रिनलाई प्राेत्साहन स्वरुप नगद पाँच सय रुपैयाँ प्रदान गर्नु भएकाे थियाे ।

उद्दघाटन समाराेह कार्यक्रममा गाँउपालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, १नं. वडाध्यक्ष यहुन्न राई, ४नं. वडाध्यक्ष दन्तलाल माझी, ५ नं. वडाध्यक्ष विजय भाेलन,बागमती गाँउपालिका कानुनी सल्लाहकार प्रेम भाेलन, विद्यालयको प्र.अ., पत्रकार, सुरक्षा निकाय लगाएत को उपस्थिति रहेको थियो ।

खेल तर्फ:-

रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत आज भएको ८ सय मिटर छात्रा दौडमा वनदेबी आ.वि.कि अनिता थिङ प्रथम भएकि छिन् । बागमती मा.वि.की कृषा राई द्वतीय र वनदेबी आ.वि.का सुस्मिता विक तृतीय भएकी छिन्।
८ सय मिटरको छात्र दौड प्रतियोगितामा सूर्य मा.वि.का दशरथ भोलन प्रथम, देवकी मा.वि.का विजय हिम्डुङ्ग द्वितीय , र देवकी मा.वि.कै पवन दर्लामी तृतीय भए ।

यसैगरी १५ सय मिटरको छात्रातर्फको दौडमा बागमती मा.वि.की मनु राई, देवकी मा.वि.की निमा स्याङ्बो द्वितीय ,सूर्य मा.वि.की मनिता गोले तृतीय भइन् ।

छात्रतर्फ जनता मा.वि.का बिक्रम पाख्रिन प्रथम, सूर्य मा.वि.का विराज सिङ्तान द्वितीय र सूर्य मा.वि.कै विकेश गोले तृतीय भए ।
लङ्ग जप छात्रा तर्फ सूर्य मा.वि.की मेरिसा राई प्रथम, अन्जली श्रेष्ठ द्वितीय र बागमती मा.वि.की अपेक्षा थापा तृतीय भइन् । छात्रतर्फ जनता मा.वि.का आशिष लो प्रथम, सूर्य मा.वि.का सरोज राई द्वितीय र जनता मा.वि.का टीका राई तृतीय भए ।

छात्र काता तर्फ चाैराह आ.वि.का विकास दाेङ प्रथम र चाैरा आ. वि.कै सरगम लाेप्चन भने उत्कृष्ट छात्र खेलाडी
विराज सिँतान घाेषित भए । त्यसै गरी छात्रा काता तर्फचाैराह आ.वि.का आयुष्मा थाेकर प्रथम र चाैराकै श्रेया भाेलन द्वितीय भए भने उत्कृष्ट छात्रा खेलाडी देवकी आ. वि.कि रविना स्याङतान घाेषित भएका थिए ।

बगमती गाँउपालिका भरिका ११ वटा विद्यालयले सहभगिता जनाएकाे छ । पलाकाकाे खेल मैदानमा माघ २८, २९ र फागुन १ गरि तीन दिन सञ्चालन हुने समितीका सदस्य प्रमाेद राईले जानकारी दिनुभएकाे छ ।  । छात्र र छात्रा दुवै तर्फ भलिवल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टका खेलहरुमा विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन । छनाैट भएका विद्यार्थीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागिता जनाउन सकिनेछ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.