बागमती । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा निर्माणधिन पुलहरुको अनुगमन गर्नुभएको छ । बुधबार मन्त्री दुलाले गत आर्थिक वर्षहरुमा ठेक्का प्रक्रिया पुरा गरी निमार्णको क्रममा रहेका पुलहरुको अनुगमनका क्रममा त्यहाँ पुग्नुभएको हो ।
मन्त्री दुललले निर्माणाधिन सिक्रे दोभानको बागमती पुल, बागमती गाउँपालिका वडा नम्बर ५ को बगेरी लितिखोला पुल र वडा नम्बर ६ मा रहेको चौरा खोला पुलको अनुगमन गर्नुभयो । अनुगमनका क्रममा मन्त्री दुलालले समयमै काम सम्पन्न गर्न निमार्ण कम्पनीलाई निर्देशन दिनुभयो ।
सोही क्रममा काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, खानिखाेला गाँउपालिका अध्यक्ष इन्द्र बहादुर थिँ, र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी र बागमती गाउँपालिका अध्यक्ष बिर बहादुर लोप्चन र मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतले चार जिल्ला जोड्ने बागमती पुल निमार्णका लागि मन्त्तीसमक्ष संयुक्त मागपत्र पेश गरेका छन् ।
मन्त्री दुलालले गाउँपालिका प्रमुखहरुको मागपत्रका* विषयमा छिट्टै सम्बोधन हुने आश्वासन दिनुभयो ।