हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा लोड लिएर आएको ट्रकले दुईवटा मोटरसाईकललाई ठक्कर दिदाँ ५ जना घाइते भएको छन् । आज विहान १० बजेर ३० मिनेटको समयमा बागमती गाउँपालिका वडा नम्बर ७ लामीटारमा हेटौंडाबाट सिन्धुलीतर्फ सिमेन्ट लोड लिएर जाँदै गरेको प्र.२–०३–००१ख.६४३१ नम्बरको बाह्र चक्के ट्रकले झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना ४१ प ८५३२ नम्बरको मोटरसाईकल र सोही दिशमा आउँदै गरेको ना.११ प. १११४ नम्बरको अर्को मोटरसाईकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट घाइते हुनेहरुमा ना ४ प ८५३२ नम्बरका मोटरसाईकल चालक बागमती गाउँपालिका वडा नम्बर ५ लालभिते बस्ने २९ वर्षका आइते थिङ,पछाडी सवार सोही स्थानकै ४० वर्षिय श्रीकृष्ण बि.क.र वर्ष २२ का देवान थिङ रहेका छन् ।
यसैगरी, ना ११ प १११४ नम्बरको मोटरसाईकल चालक बागमती गाउँपालिका वडा नम्बर ६ बस्ने ४० वर्षका राजकुमार सुयाल र ३० वर्षका रुपक परियार छन् । परियारको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर गएको र बाँकी ४ जनालाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बागमती ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी र नेकपा माओवादी बागमती गाउँकमिटि अध्यक्ष अरुण बलले सिन्धुली हरिहरपुर गढी ३ गुर्जिमा ठक्कर दिएर भागेको ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरी समक्ष बुझाएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।