बागमती । मकवानपुरको बागमती गाउँपालिका र काभ्रे जिल्लाको खानिखोला गाउँपालिका जोड्ने झोलुङ्गे पुलको आज उद्धघाटन भएको छ । झुलुङ्गे पुलको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले उद्धघाटन गर्नुभयो ।
उद्धघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घलानले पुल निमाणर्ले दुई जिल्लाको जनताको दैनकिीलाई सहज बनाउन मद्धत पुगेको बताउँनुभयो । साथै उहाँले दुबै जिल्लाको बासन्दिाहरुको सम्बन्धलाई नजकि बनाउन यस पालकिाले सडकलाई प्राथमकितामा राखएिको पनि बताउनुभयो ।
पुल निमाणर्पछि बागमती गाउँपालिका वडा नम्बर ९ फार्सादमार र काभ्रेको खानीखोला गाउँपालिका ६ लुँइचेका बासिन्दालाई आवतजावत गर्न सहज हुने भएको छ । पुल नहुँदा एक जिल्लाबाट अर्को जिल्ला पुग्न बागमती खोला तर्नुपर्ने बाध्यता रहेको थियो ।
केन्द्रको समपुरक बजेट तथा बागमती गाउँपालिकाको २० प्रतिशत गरेर कुल ७६ लाख रुपैयाँ बजेटमा झोलुङ्गे पुल निमाणर् भएको हो । यसमा राडो नेपालले प्राविधिक सहयोग रहेको छ ।
झोलुङ्गे पुल निमाणर् उपभोक्ता समिति बागमत ९ फार्सादमारका अध्यक्ष हेम बहादुर वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा खानीखोला गाउँपालिकाका कार्यपालिका सदस्य खड्कराज वि.क. , वडा नम्बर ५ का वडा अध्यक्ष बुद्धिमान स्याङ्तान बागमती गाउँपालिकाका प्रशासकिय अधिकृत झम्क नारायण घलान,वडा न. ९ का वडा अध्यक्ष पुनराम घलान, वडा न. ४ का वडा अध्यक्ष दन्तलाल माझी वडा न. ९ का पुर्व वडा अध्यक्ष मदन कुमार दुरुङ्च्याङ र बागमती गाँउपालिकाका सब ईञ्जिनियर दिनेश बाँनिया, झोलुङ्गे पुल प्रादेशिक प्राविधिक सेवा प्रदायक बागमती प्रदेश प्राविधिक राजिव थापा,राडो नेपालका प्राविधिक उमेश तामाङ र उपभोक्ता समितिका सचिव केबि बज्यु लगायतको सहभागिता रहेको थियो ।