बागमती गोल्डकप : मच्छिन्द्रको आत्मघाती गोलले एपिएफ क्वाटरफाइनलमा प्रवेश

बागमती । सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पु¥याएको हो ।

खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट आउट गर्दा मच्छिन्द्रका जर्सी नम्बर १४ का डि मारियाबाट आत्मघाती गोल भएको थियो । गोल भएसंगै एपिएफ क्लबले १–० गोलअन्तरले जित हासिल ग¥यो ।

आजको खेलमा म्यान अफ दि म्याच एपिएफका मनि लामा घोषित भए । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरे ।

बिहिवार (भोली) हुने खेलमा भुटनिज स्पोर्टस् क्लब अमेरिका र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

बागमती खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा ७ विभागिय टिमसहित अन्तर्राष्ट्रिय र स्थानीय गरी १० टिमको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *