क्रिसमसको अवसरमा छोरी –बुहारी मण्डलीलाई बाद्यबादन लगायत सामाग्री वितरण

बागमती । मकवानपुरको बागमती गाउँपालिका ३ नम्बर वडा कार्यालयले क्रिसमसको अवसर पारेर बाद्यबादन लगायतका सामाग्री वितरण गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी मण्डलीलाई उक्त सामाग्री वितरण गरिएको हो ।


वडाध्यक्ष कमान सिं पाख्रिनले छोरा मण्डलीका पास्टर लिला बहादुर वाइवालाई गिटार १ थान, साउण्ड सिस्टम १ थान, माइक ३ थान, माइक केबल ३ थान, माइक स्ट्याण्ड ३ थान , रोष्ट्रम २ थान, क्याजुन १ थान र म्याट ५० मिटर वितरण गर्नुभयो ।

सामाग्री वितरणपछि बोल्दै वडाध्यक्ष पाख्रिनले सबै समुदायको आस्थालाई सम्मान गर्नुपर्ने बताउनुभयो । धर्म–आस्था भन्ने कुरा व्यक्तिको व्यक्तिगत स्वतन्त्रता रहेको जिकिर गर्दै वडाध्यक्ष पाख्रिनले कुनैपनि धर्म मान्न वा नमान्न कसैले कसैप्रति बाध्यकारी बनाउन नहुने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु रतन बहादुर बज्यु, तुलबहादुर मुक्तान, वडा सचिव विशाल रसाइली र युवा समाजसेवी अभिषेक मुक्तान लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *